उनी अनी म हामी निकै नजीकका साथी । म उनलाई सघाउन पाउँदा एकदम खुशी हुन्थेँ । हामी घन्टौँ एकान्तमा बसेर कुरा गथ्र्यौ भबिष्य र बर्तमानको अनि जिन्दगी र साहीत्यको बारेमा । शायद अलिकती प्रेम पनि थियो कि हामी बिच ? उनको बारेमा म भन्न सक्दीन तर मेरो तर्फबाट अलिकती ? पक्का, नत्र उनीसँगै धेरै समय बिताउने ईच्छा अनि उनलाई भेट्ने लालसा किन हुन्थ्यो मनमा ।
कुनै दिनको कुरा हो जिस्कदाँ जिस्कदैँ उनले मलाई एक झापड लगाईन गालामा, शायद मायाले होला मैले समातेर एक जडिदीएँ च्वाक्क गालामै । म पक्का छु त्यो मेरो म्वाँईमा कुनै शारीरीक आशक्ती थिएन, एक बिशुद्ध माया जसरी म साना केटाकेटीलाई चुम्ने गर्छु ।
निकै बेर रोईन उनी सिरकमा घोप्टेर । बिक्षीप्त भएँ म, उनको नजरमा शायद उनी बिटुली पो भईन की ? म चुपचाप पिडीएँ । निकै बेरको सन्नाटा पछि उनी उठेर रिसाएर हिडीँन ।
धेरै बेरको सोचपछि माफी माग्ने निष्कर्षमा पुगेँ अनि मेरा पाईला उनका बासस्थान तिर लम्के ।
हल्का बत्ती बलिरहेछ, ढोका ढक्ढक्याउनै लाग्दा भित्रको गुनगुन आवाजले रोक्यो । पाईला झ्यालतिर बढ्यो, मादकता अनि वासनामा बेरिएका उन्मादी बेगसहितका एक जोडी आवाज तुफानी तरङ्ग फैलाइरहेका थिए वातावरणमा । एक जोर शरिरहरु एकअर्कामा लिप्त भएर समर्पीत भईरहेका थिए । उन्मादी झोकमा झ्यालका पर्दाले ठाउँ छोडेको पत्तै छैन उनीहरुलाई । प्रेमको निमार्णाधीन संरचना गल्यार्म गुलुम्र्म ढलेको हेरिरहेँ एकछिन अनि मेरो म्वाईँले बिथोलिएका उनको शरिर पनि ।
***************************************************
घर फर्केर म मेरा ओठहरु साबुनपानीले धुँदैछु निकै बेर देखि…….।
समाप्त
(स्रोत : Shabdahar )