बेहोशिमा सम्हाल्लिने काम तिम्रो होइन भने
प्रतिक्षामा रूमल्लिने काम तिम्रो होइन भने
स्वार्थ लिप्सा मनमा पालि, निस्वार्थी छु भन्ने किन
त्याग थोप्पै गर्नुपर्ने काम तिम्रो होइन भने
एकै क्षणको, एकै पित्को तड्पाउने प्रेम किन
सँग सँगै जीउने मर्ने काम तिम्रो होइन भने
जता गयो अघिलागि बाटो छेक्ने गर्छौ किन
दुइ कदम साथ दिने काम तिम्रो होइन भने
नयनमा राखि सँधै सपनिमा देख्छौ किन
विपनिमा भेट्दा बोल्ने काम तिम्रो होइन भने
दुःख पर्दा आँशु झार्दै सहारानै माग्ने किन
सुखी हुँदा साथ खोज्ने काम तिम्रो होइन भने
प्रशान्त खरेल
२०६६ माघ १३
(स्रोत : Prashant’s Blog )