~मदन मुस्कान खत्री~
असीमित भुकम्प ले हानेको यो मन
अझै थामिएको छैन काप्न,
थाहा छैन भुकम्प
रोकियो कि रोकिएन
अहँ रोकिएको छैन
मनको भुकम्प,
त्राशको भुकम्प,
शोकको, अनि भयभित को भुकम्प !
भत्काइदिएको छ यो भुकम्पले
धरहरा जस्तै मेरो मन,
यसै त म कर्महिन बुढो मान्छे
धमिराको खोर जस्तै पुरिदिएको छ
मेरो घर अनि परिवार!!
उदाङ्ग आकाश तल पछारिएको छु,
उठ्ने ताकत छैन बोल्ने स्वर लाग्दैन
धड्कनको सास रोकेर हेर्दैछु यो रक्तबृस्टी !!!
थाहा छैन छोरा यो सर्बबिनासी
खबर तिमिले पायौ कि पाएनौ,
बर्षाै तिम्रो मरभुमी को पसिना
धुलोमा मिसियोको छ छोरा
बचाउन सकिन तिम्री आमालाई,
जसलाई सधै फोन गरेर भन्थेउ
ए आमा औसधि खान नभुल्नु होला,
बचाउन सकिन बाबू
तिम्री जीवन साथी अनि छोरालाई
जस्को सपना को निम्ति,
आफैलाइ बेचेका थियौ!!!
निर्वाण भइ बाचेको छु अझैसम्म
घाइते चराजस्तै,
चार दिनको भोको छु,
राहात लिएर आउदै सरकार
लाग्दैछ यो महापर्लयकारी भुकम्पले
सरकार पनि मरेको छ
माननीय पनि मरेका छन
यो देश नै मरेको छ
यो संसार सर्बस्व नै मरेको छ!!
मदन मुस्कान खत्री
दाङ नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )