मौसम राम्रो थियो । पूर्वमा सुन्तला रङको आकाश प्रश्ट देखिन सकिन्थयो । उ बिहान उठ्छे । मौसम हेर्छे , अनि आफ्नै भाकाम गित गाउछे । त्सपोछी आफ्ना दुई साना बच्चालाई हिजो बचेको खाना खुवाऊछे । ‘अनि नानीहरु तिमीहरु धैरे गरेर बस्नु , म केहि खानेकुरा खोजेर आउछु ‘ भनेर बच्चाहरुलाई भनेर पङ्ख फुर…. पारेर उड्छे ।
उ जान्छे पहाड छिचोल्दै । खोलाको मुहान हुदै । अँ ! साच्चि खोलाको मुहानमा उसले माछा पाईन्छ कि भनेर नहेरको पनि होईन !! मुहान मात्र होईन हेर्न त खोलाको धेरै ठाउमा हेरेकी थिई तर हातमा सुन्य । चिन्ता उसलाई सबै भन्दा धेरै आफ्ना साना बच्चाको थियो । के गर्दै होलान र आज खानेकुरा पाऊन ढिलो भोकले आत्तिएको होलान् । कतै ठुलो गिद्ध पो आएर तर्सायो कि !! यस्तै यस्तै चिन्तामा थिई । तर पनि खाने कुरा पाईने आशा उसले मारेकी पक्कै थिइन ।
आकाश हेर्छे सुर्य आधा आकश भन्दा माथि पुगेको हुन्छ । उसको चिन्ता झन् दोबर हुन्छ। भोक त उसलाई पनि माजाले लागिसकेको थियो । तर चिन्ता भने उसलाई बच्चाको नै थियो ।
त्यही बेला ।।
उ पानी पिउन भनेर फेरी एउटा खोलामा पुग्छे । यस्यो चुच्चो गाडेर पानी मात्र के पिउन लागेको थिई एउटा माछो देख्छे । खुसिको सिमा हुन्न । ट्याप टिप्छे र उड्छे पानी समेत राम्रो समेत नपिएर ।
उडेर अली ऊगा्डि के पुगेको थिई । ठुलो हावा हुरी लागिरहेको देख्छे । तर उसलाई चिन्ता थियो आफ्नो बच्चाको भोकको । सायद त्यसैले होला हावाको कुनै प्रभाहा नगरी उड्छे । हावा बाढ्दै जान्छ । तर उ रोकिन्ने । हावा आधिबेरीमा बद्लिसकेको हुन्छ । पखेटा पहराउन गार्हो हुन्छ । र पनि उ उड्छे नै । हावाले् भुईमा थेचार्छ , पटक पटक । बिचरी कोसिस गर्छे । उड्न तर पखेटा घाइते भइसकेको हुन्छ ।
अब उसलाई चिन्ता बच्चाको भोकको संगै हावाले के गर्यो होला भन्ने कुराको पनि । बिस्तारै उठेर उड्छे । सकि नसकी । समातेको माछोलाई चुच्चोले च्यापेर । ढिलो नै सहि तर पुग्छे गुणमा ।
तर गुणमा पुग्दा त्यहा बच्चा हुन्नन्। हुन्छ ठुलो गिद्ध । र बच्चाको बचेको हड्डि समेत लुछ्दै । उ झस्किन्छे , रुन्छे । गिद्ध उडेर जान्छ । बिहानको गित को ठाउँमा रुवाई हन्छ । त्यहि बेलामा उसको पखेटा तलबाट रगत बग्न सुरु हुन्छ । अघि लड्दा भुइमा बजारिएको चोटको रगत । त्यसको एकछिनमा उ पनि संसार छोडेर जान्छे । त्यहि बेलामा हावासंगै कालो बादले आकाश ढाक्छ । ठुलो पनि पर्छ । बिहानको राम्रो मौसम र निलो आकाश कालो बादले ढाकेको हुन्छ । पानी संगै उसको रगत पनि बग्दै हुन्छ ।
(स्रोत : Kathasahitya )