~खलील जिब्रान~
अनुवादः कुमुद अधिकारी
तुफानी दिन थियो। एकजना महिला गिरजाघरमा पादरी सम्मुख आएर भनिन् – “म इसाइ होइन, के मेरा लागि जीवनका नारकीय यातनाबाट मुक्ति पाउने कुनै उपाय होला ?”
पादरीले ती महिलातिर हेरेर उत्तर दिए – “छैन, म मुक्तिको मार्गका विषयमा तिनलाई मात्र बताउन सक्छु जसले विधिवत् इसाइ धर्मको दीक्षा लिएका छन्।”
पादरीका मुखबाट यी शब्द निस्कने बित्तिकै ठूलो स्वरमा बिजुली चम्कियो र पूरै क्षेत्र आगोको ज्वालामा होमियो। नगरवासीहरू कुद्दै आए र महिलालाई उद्दार गरे तर त्यतिञ्जेल पादरीलाई अग्निले निलिसकेको थियो।
(स्रोत : Sahityasarita)