धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि
मृत्युको त्यो शैय्याबाट जागे तिम्रा लागि
लासमाथि दुस्मनी प्रहार कति कति
पलपल मरेर म बाँचे तिम्रा लागि
एक्लै दुखि अँधेरीमा लुक्नु भन्दा बढी
कैयौ काँडेतारहरु नाघे तिम्रा लागि
जून संगै झर्ने यो शीतसरी जिन्दगि
बूंद बूंद जतनले सांचे तिम्रा लागि
बेहोसी ति सारा अँध्यारा रात पन्छाई
‘स्वपन’ जस्तै एकदिन मागे तिम्रा लागि
स्वप्निल नीरव
दर्छा -८ पाल्पा
(स्रोत : Pallawa.com.np)