आँखाको नानी लाई मटेङ्रा बनाए हुन्छ
बर्बादीमा हस्तिनापुर फेरी पनि उजेलोको अनुहार हेर्छ,
नगरबधुका मन्मथी बस्तुकलामा खोपिएको रापको चित्त
मेरै मटेङ्राले फुटालेको ढुकुरको छातीमा आदर योग्य बैंशको युग कोर्दैछ ।।
परालको कुर्कुच्चा लिएर हल्काराहरु मजुर को प्युठानी नाच हेर्छ्न
पलाँसहरु गुलाबको आँगनी दुर्गान्धित बस्तीको किनार सम्झिन्छ्न,
पि सि सरकारको चटकमा उत्सवको हाँसो पोख्ने हल्कारा बस्ती
पलाँसको बिस्मात लाई हेर्दैनन, नजर गर्छ्न ।।
लेख्दा जे जे लेखे पनि हुन्छ, पुरानो बार्दलीमा परेवा बस्ला
परेवा कै कथा लेखे हुन्छ, चिलहरु यावत कथा पढ्दैनन,
जाइफुलको सिउँदो चिरेर फुटेको ढुकुरको छाती बाट रगतको सिन्दुर निकाल
रगतको सिन्दुरमा जाइफुलकै परोपकारी कथा लेख, चिलहरु यावत कथा पढ्दैनन ।।
पातहरु सम्मेलनमा चिलाउनेको पात लाई बहिस्कार गर्लान
आफ्ना हागाहरु मा अजेता प्रणय फुलले छोपेर बचाउँछ,
फुलले फुलकै समरमा बेदनाको छाती चर्काउछ
नबिर्स नाइल भन्दा पर पनि लम्बाइको अजेय किल्ला तन्किन्छ ।।
रबर झै तन्किएर मन परालको बार्दलीमा बसेको कती बर्ष भयो
कती बर्ष भयो आफ्नै गुँडमा दुकुरले आँखा बाट नुन बर्षाएको ??
चटकेहरु बर्षको यो गणना सम्झनाका क्यालेण्डर हरु मा लेख्दैनन
उजेलो दिन नसक्ने नक्षत्र यो झरीमा च्युरीपात मा गुँडको कथा लेख्ने छ ।।
-बलदेव भट्ट “बिहानी”
२२-०४-२०११
(स्रोत : Shabdahar )