मेरो मन मेरो मुटु तिमिलाई उपहार भो
जसो गर जे जे गर तिमिलाई अधिकार भो
प्रयत्नमा फक्रिएर रहरमा फुल्न खोज्दै
पुँजा पुन्य तिमिनै हौ तिम्रो छाति संसार भो
एक्ले जिउने सपनात देख्ता पनि दखिएन
अस्तित्वको नगरमा हाम्रो मिलन आधार भो
कोविदका शब्द सँग सरुभक्त खोजि गर्दा
तिम्रो लय तिम्रै वान्कि केहि शव्द साभार भो
समयको घेरा भित्र व्यस्तताको आकाश तिमि
सामिप्यता गाडा पार्न फुर्सदिलो सनिवार भो
(स्रोत : Rajbanskota.wordpress.com)