मान्छे मान्छे मात्र हुन्छ सैतान हुँदैन र ?
इमान्दार लालसामा बैमान हुँदैन र ?
ईश्वरलाई शूलमाथि झुण्ड्याइन्छ यहाँ
जाली फटाहा पापीलाई सम्मान हुँदैन र ?
कतिन्जेल आफैँसँग झुटो बोल्ने गर्छ्यौ
आत्माका यी भित्तामा के कान हुँदैन र ?
बद्नाम भयौ आज तिमी आफ्नै वरिपरि
एककान दुईकान गर्दै भोलि मैदान हुँदैन र ?
मलाई कुल्ची अघि बढ्ने अल्झिएर लडे
मेरो ओठमा तिम्रो हारको मुस्कान हुँदैन र ?
। डिसेम्बर 20।।, इण्डिया
(स्रोत : Shabdahar )