कुन चक्कर चलायौ प्रभु,
कुन भुमरीमा नचायौ ।
जग ताथै ताथैमा प्रभु तिम्रो,
ताथै ताथैमा नाची रमायौं ।।
कोही दुःखी छन् यहाँ अपहेलित,
कोही सुखी यहाँ छन् विभूषित ।
हिँड्छन् दुःखमा दुःखी भएर,
कोही सुखमा सुखी भएर ।।
जग ताथै ताथैमा प्रभु तिम्रो,
ताथै ताथैमा नाची रमायौं ।।
कुन चक्कर चलायौ प्रभु,
कुन भुमरीमा नचायौ ।।
मदको प्याला मदहोस बनेर,
पिए छन् सारा जग नै भुलेर ।।
क्षणको प्याला पिउन सकेर,
गर्दछ प्रभुको पाऊँ शरण भनी,
रोईकराई शिर ठोकेर ।।
कुन चक्कर चलायौ प्रभु,
कुन भुमरीमा नचायौ ।।
जग ताथै ताथैमा प्रभु तिम्रो,
ताथै ताथैमा नाची रमायौं ।।
(स्रोत : रचनाकारको ‘भक्तीका भावहरु’ भजन संग्रहबाट )