करोडौँ बोट-वृक्षहरुको सेपमा
कहिल्यै तंगि्रन नसकेको
वनमाराले
झन्डै-झन्डै खाइसिध्याएको
म
एक थुँगा वनफूल
कसो-कसो बौरिएछु मूच्र्छाबाट !
जसै, म बौरिनु पनि
पृथिवीमा
बाह्र रेक्टरको भुइँचालो गयो
देवी चढेकी स्त्री कापेजसरी
काप्यो, गुडुडु आदिम-आकाश
इतिहास-रुखको जरै उखेलूँलाजसरी
चल्यो, अन्धाधुन्ध हावा-हुन्डरी
गाउँ नै सोहोरेर लैजाऊँलाजसरी
उर्लिआयो खहरे भेल…!
निर्जन र अनकन्टार खोँचमा
दन्त्यकथाको कुनै श्रापित पात्रझैँ
मौन…मौन… बाँचिरहन विवश
म एक थुँगा वनफूल
कसो-कसो सुशोभित हुन पुगेछु
आज,
इतिहासको यो भव्य बगैँचामा
र त, बलेको छ धपक्क पृथिवी !
(स्रोत : Pustak Sansar)