मान्छे उत्तरार्द्द खोज्न निस्कदा
हिमशिखर कालो मुख लाउदैछ
हरियो ड़ाडा फुस्रो हुदैछ
नदीहरु यात्रा छोट्याउदै छन्
उत्तरी दक्षिणी गोलार्द रुदैछ्न
तर मान्छे घपक्क अहमताले गाँज्दा
एटम बमको चुरी फुरी लाउछ
र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ
अनि लाशहरु माथि ताण्डब नृत्य गर्छ
कार्बनडाइअक्साइडको राज्य निर्माण गर्दै
आवाजहरुलाई पैसाले बुझो लाउदोछ/
मान्छे ! तिमीले आफ्नो मृत्यु देखेनौ
तिम्रै गल्तिहरु आज ब्ल्याकहोल चिहाउँछ
रवि पनि क्रोधित हुदैछ बिस्तारै तिमि सँग
के तिमीले यो धर्तिको लागि केहि गर्यौ ?
तिम्रा हरेक शब्दहरु मात्र प्रतिबद्दता
प्रतिबद्दता यथार्थ बनोस , न कि बिपरितार्थ
ए मान्छे ! धर्तीमा तिम्रो अन्त्य भयको दिन
सन्त्राशहरु मेटिनेछ , ब्ल्याक होल पुरिनेछ
तिम्रो मृत्युमा हिमाल हाँस्नेछ
फुस्रा डाँडाहरुमा तिम्रो मृत्युको खुशीमा
स्वतन्त्रताको उत्सव मनाइनेछ/
नदीहरुले बिजयोन्मादमा यात्रा शुरु गर्नेछ
उत्तरी दक्षिणी गोलार्द अस्तित्व पुनर्प्राप्तिमा
रविको शान्त चेहरा देखि रमाउनेछ/
ए मान्छे ! सक्छौ भने आफ्नो मृत्यु टार
सगोल पर्याबरणिय प्रेमको मुद्दा अघि सार
म समय,
तिम्रा निर्णयहरुलाई पर्खिरहने छु चिहान डाँडामा/
(स्रोत : Shabdahar )