बिछ्यौनामा पल्टिएर ,तिम्रो पत्र हेर्दै छु म ।
निद छैन परेलिमा,ओल्टेकोल्टे फेर्दै छु म ।
सोचेजस्तो हुन्न रै’छ ,ज्युनु पर्यो एक्ला-एक्लै
तिम्रो मेरो भाग्य लेख्ने,मसी रैछ बेग्ला-बेग्लै ।
खेल्दै तिम्रो तस्वीर संगै,अँगालोमा बेर्दै छु म
निद छैन परेलिमा ,ओल्टेकोल्टे फेर्दै छु म ।
बिछ्यौनामा पल्टिएर…………
न त तिमी खुशी भयौ,न त म नै हुन सकेँ
न त पुगे शिखरमा,न त चन्द्र छुन सकेँ
त्यही पुराना स्मृती का,धारले मुटु सेर्दै छु म
निद छैन परेलिमा ,ओल्टेकोल्टे फेर्दै छु म ।
बिछ्यौनामा पल्टिएर…………………
लेगुवा,धनकुटा
अगस्ट 5, 2009
(स्रोत : shabdasarathi)