“काठमाणडौ शहर । गिद्धै गिद्धको शहर” । यस्तै संवाद संग सकिन्छ लुट फिलिम । हुलको पछाडि पछाडि लागेर म पनि निस्किन्छु सिभिल मलको हल बाट बाहिर । मन मनै लाग्यो फिलिम दामी हो । राम्रै समय कटायो । तर अब जाने कहाँ ?
बिना गन्तब्य मेरो पाइला सुन्धार तिर बढ्छ । धरहराको ढोकामै चुरोट , सुर्ति , गुड्खा , छुर्पि बेच्न राखेको सुपे व्यापारीकोमा एक प्याकेट खुकुरी चुरोट किन्छु । अनि गोजी हेर्छु दुई सय चालिस रुपैया बचेको रहिछ म संग । कता कता भोक पनि लागेको थियो । सोचे धरहराको तल गएर एक पिलेट बफ मोः मोः खाँउ कि । तर घडि हेरेको बल्ल साढे दुई बजेको रहिछ । अहिले खाएर के गर्नु दुई घण्टामे फेरी भोक लाग्न सुरु गर्छ । फेरी पैसा पनि धेरै छैन म संग । भो ! बरु एकछिन न्युरोड तिर घुम्छु अनि खानु पर्ला !!
हिड्दै गर्छु खिचापोखरी बाटो । जहा कपडापसल संगै माछा मासु पसल अगाडि मान्छे नै मान्छे को भिड थियो । ‘अगि त फिलिम मा हक्कु कालेले गिद्धै गिद्ध को शहर भन्थयो । ठिकै रहिछ क्या’ जस्तो लग्यो । कति दिन अगाडि काटेर फ्रिजमा राखेको मासु सिनो बराबर नै जस्तो पो लाग्यो । एकछिनमा हरेक मान्छेलाई मैले गिद्ध जस्तो पो देख्न लागे ।
म रोकिन्न , हिड्छु अगाडि पाको पुग्छु । चिल्लो चिल्लो गाडिहरु पार्किङमा राखेको थियो । याद आउछ पुरानो सपना आफ्नो गाडि चड्ने । “इस् चडिस् गाडि….” मन मनै भन्छु आफैलाई । अलि पर सडक बालकहरु गमलाई पलास्टिकमा राखेर तान्दै हुन्छन्। त्यो देख्दा लाग्छ ‘जिवन जहाँ जस्तरी जसको पनि चलेको छ । चिल्लो गाडिमा पाँच तारे होटेलमा गएर महङ्गो रक्सी को नशा लिनेको । र सडकमा पलास्टिक बटुलेर सानो पैसाले गम सुगेर नशा लिनेको पनि’ ।
यो सहर यस्तै हो दिनमै यहा कति कथा भेटिनछन् र पनि हाम्रा कथाकार धेरै जस्तो हाम्रो देशको पश्चिम नै गएर कथा लेख्छन् मुर्ख लेखकहरु’ मन मनै लेखकहरुलाई गालि गर्छु । यस्तै सोच्दा न्युरोड पुग्छु । जहा हजारौ मान्छे दिन दिनै लाखौको बजार गर्न आउछन् । म त्यहाँ नरोकी आगाडि बढ्छु । बिशालबजार हुदै । फ्रिक स्ट्रिट छिर्ने बाटो हुदै । कुमारी बस्ने दरवार हुदै । पुग्छु बसन्तपुर ।
माथि एउटा मन्दिरमा चढ्छु र गोजिबाट निकालेर एउटा चुरोट सल्काउछु । गोलो गोलो धुवाको गोला बनाउदै त्यहाको चहल पहल हेर्न थाल्छु ।कतै फुर… फुर… परेवा उडिरहेका थिए । तल सानो सानो सुपामा चुङगम , लाइटर ,गुड्खा आदि बेच्नेहरु अगि सुन्धारामा जस्तै आफ्नै संसारमा थिए ।यहा पनि पटक पटक पलास्टिकमा गम तान्ने बालकहरु प्रसस्तै थिए । कतै पर्यटकहरु फोटो लिनमा व्यस्त थिए ।
कतै जोडिहरु आफ्नै प्रेमको संसारमा लिप्त थिए । ‘सायद यो भिड नभएको भए उनीहरु ओठमा ओठ जोडिसकेका हुन्थे होला । तर अहिलेलाई हातमा हात जोडेर नै चित बुझाएका छन् बिचराहरु’ । यस्तै सोच संगै मेरो भर्खर भर्खर टुटेको प्रेम कहानी पनि याद आयो । मनमा हलुका पिडा पनि भयो त्यसैले एउटा सकिन नपाउदै अर्को चुरो साल्काई हाले ।
मोबाईल निकालेर घडि हेरे । पौने चार बजेको रहिछ । भोकले पेट बटारेको अनुभव हुन्छ । अगि नै मोः मोः खानु पर्दो रहिछ जस्तो लाग्छ । उठेर जाउ कि जस्तो लागेको थियो फेरी सोच आउछ । ‘अहिले मोः मोः खायो फेरी बेलुकी खाना खाने पैसा समेत हुन्न म संग । बरु खप्छु । खपेर मरिन्न । छ बजेतिर खानु पर्ला । त्यसपोछि बेलुकि खाना नखाए पनि खासै भोक लाग्दैन निदाए मात्र भइहाल्यो नि !’
यस्तै सोच्दै थिए मेरो नजर एक ठाँउमा पुगेर टक्क अढिन्छ । एउटा बाबुले आफ्नो छोरालाई स्कुलबाट घर लादै गरेको हुन्छ । घर नै होला सायद मेरो अनुमान अनुसार ।त्यो देख्दा मलाई मेरो बाल्यकालको सम्झना आउछ ।
बुवा म र दाई हुन्थिम प्राय हामी बलुकी पर्कदा । बुवाले अफिसबाट फर्किने बेला मलाई र दाईलाई संगै स्कुलबाट घर लाने गर्नु हुन्थयो ।अनि एक दिनको कुरा हो । “बुवा म पोछि गएर ठुलो मान्छे हुने” म भन्छु । बुवा बोल्न नपाउदै दाईको बोलि फुट्छ “इस…ऽ……… बनिस् ठुलो मान्छे ।त त नालाएक हुन्छस्” ।
सानो म धेरै रुन्छु । बुवाले फकाउनु हुन्छ । म मान्दिन । मिठाइ किन्दिनुभो । मैले मानिन । चाउचाउ किनिदिनु भो । भित्रि मनले मानेको थियो । त्यति बेला चाउचाउको महत्व धेरै नै हुन्थयो । तर नमानेको नाटक चाहि गरिरहे।
बुवाले दाईलाई गाली गर्दे भन्नु भो “जहिले भाइलाई जिस्काउछ काम नपाएको जस्तो” । बुवाले त्यति भनेको दाईले पनि मलाई फकाउदै भनेको थियो “ मैले मेरो भाइलाई माया गरेर जिस्काएको पो हो । के गर्छ भनेर । त म भन्दा नि ठुलो मान्छे हुन्छस् ।अनि बुवा र आमालाई तैले पाल्छस्” । म मंख पर्छु ।
घर आउछ एकछिनमा । आमाले खाजा तयार गर्दै हुनुन्छ। म कपडा पनि नफेरी खाजा के रहिछ भनेर हेर्न । ग्यास चुलो नजिक जान्छु । “आत्था….” हात पो पोलेछ चुरोटको ठुटाले । झसंग झस्किन्छु । र फेरी बस्तपुरमै पाऊछू आफुलाई ।बाल्यकालको कुरामा यति रमाएछु आफु कहा छु भन्ने समेत याद रहेनछ । चुरोटले पोलेर पो याद आयो । त्यो भन्दा धेरै पेट पोलेको थियो भोकले ।
अब चाहि केहि खानु नै पर्यो भनेर सिढिबाट तल झर्छु । फेरी एउटा चुरोट सल्काउछु । एउटा आवाज संगै कोहिले हात समाउछ । “दाई पाँच रुपैया दिनुस् न !” हेर्छु एउटा साह्रै ने मायालगदो अनुवारको सडक बालक रहिछ । गोजीबाट पाच रुपैया निकालेर दिन्छु । र भन्छु “ ला तर डेन्ड्राइट नसुग्नु” । त्यो केटो मख्ख परेर जान्छ ।
म सोच्न थाल्छु । “ के खाने होला ! सस्तो पनि र पेट भरिने पनि !!” हिड्दै गरेको कुमारी दरवार नजिक एउटा चिया पसल देख्छु । त्यहा गएर एक कप चिया माग्छु । र वरिपरीको वातावरण हेर्छु । एउटा गाडि बेस्करी गतिमा हिडेको देख्छु । र आत्तिन्छु त्यही घटना सम्झेर सानोको ।
दिमागनै खराब भएजस्तै फेरी त्यही दृश्य मेरो आखाँको अगाडि घुम्छ । एक दिन को कुरा थियो । म सडकपारी पुगिसकेको थिए । दाई र बुवा चाहि अर्को पारी सडकको । मैले दाईलाई जिस्काउदै थिए पारीबाट । दाईले ‘पख् तलाइ त्यहाँ आएर जानेको छु ‘ भन्दै थियो । सडको छेउमा एउटा गाई पनि थियो । परबाट एउटा बस हुईकेर आउदै पनि थियो । अचानक गाई सडकको बिचमा जान्छ । गाडि गाई बचाउन खोज्दा आफ्नो नियनत्रण गुमाउछ । र गएर ठोक्छ दाईलाई र बुवालाई ।
म चिच्चाउछु । गाडि पल्टेको आवाज पनि सुन्छु । मान्छेको भिड लाग्छ । परी जान्छु । हेर्छु अगि संम मलाई पख भन्ने दाइको हात सिथिल थियो । मुख मौन थियो । र शरिर सधैको लागि सुतिरहेको थियो । त्यसतै सधै मलाई समतेर स्कुलबाट घर लाने बुवाको हात पनि दाईको जस्तै थियो । र सधै हास्ने त्यो अनुवार रगतले ढाकिएको थियो । अलिबेरमा सेतो कपडाले रगत भन्दा माथि ढाक्यो ।
“ भाई चिया” पसले दिदीले चिया ल्याएर दिन्छिन् । मेरो आखाँ रसाएको रहिछ । घुरेर मेरो आखामा हेर्छिन्। म फेरी अर्को चुरोट सल्काउछु । फोनको घण्टि बज्छ त्यहि बेलामा । हेरको आमाको फोन रहिछ । उठाउछु । “आमा दर्शन” सुरुमै मैले भन्छु ।
“धेरै आशिर्वाद , के गर्दै छस्” ? आमाले सोध्नु हुन्छ ।
“ परिक्षा आउन लाग्यो पढ्दै छु” । म झूट बोल्छु ।
“ ल राम्रो संग पढ ! त नै त रहिछस् मेरो सहारा” यति भन्दै आमा भावुक हुनुहुन्छ ।
“ हुन्छ आमा । बरु हजुरले बल्ड प्रेसरको औषधि समयमै खानुस् है । धेरै चिन्ता नगर्नुस् । ल म फोन राख्छु ।“ यति भन्दै मैले फोन काटे ।
चिया संगै चुरोट अनि सोच । कसरी भनु आमालाई हजुरको छोरो ब्यक माथि ब्याक लागेर काठमाण्डुमा हल्लेर बसेको छ भनेर । मेरो असली कुरा थाहा पाए के होला त्यो विधुवाको हालत । अनि फेरी दाईको याद आयो र मन मनै भन्छु । “हो दाई तैले भनेको ठिक हो । तैले भनेको दुवै कुरा बन्न म सफल भए । उमेरले ठुलो र कामले नालायक” ।
चिया सकिन्छ । घडि हेर्छु । साढे पाँच बजिसकेको रहिछ । अब हिड्नु पर्छ । खै ! भोक चाहि कता हराएको थियो कता !! सायद सोचले र चियाले होला । हतार हतार न्यु रोडकै बाटो फर्किन्छु । अहिले न्युरोडपनि हतार हतारमै थियो । जाडो महिना भएको भएर होला झमक्क रात परिसकेको थियो । झिलिमिली बत्ति बलिरेको न्युरोड हुदै । न्युरोड गेट हुदै आर. एन. ए. सी . हुदै हिड्छु । हल्ला खोर थियो बाटोमा गाडिवालाहरुको । “ शंखमुल , बानेश्वर , कोहिले फेरी बालाजु सामाखुसी ….. कोहिले कालिमाटि कलंकी …. आदि “ भन्दै चिच्चाउदै थिए गाडिवालहरु । सोच्छु” पेट त यसरी पाल्नेहरु पनि त छन् फेरी मलाई किन पढाईको दवाब ?”
कतै सयमा तिनवटा मोजा भन्दै चिच्चाइरहेका सडक व्यापरीहरु थिए । कतै किताब बेचिरहेका थिए । सबै हर्दा फेरी त्यही सोच आयो । “यहा पनि जिवन चलिनै रहेको छ यसरी नै । यही हो काठमाण्डु । यहि हो यहाको कथा। यहा जो जसरी चल्न सक्छ त्यसरी नै जिवन चलाउन सक्छ। चाहे पढेर डाक्टर ईन्जिनिएर बनेर होस् । या गाडिमा मजदुरी गरेर । चाहे करोडौको लगानिको व्यापार गरेर होस् या सडक पेटिमा सुपोमा सस्तो समान , कपडा , किताब लिएर नै होस् । सबै बाचिनै रहेका छन् ।परेको बेलामा सबै हासी नै रहेका छन् । दुई छाक सबैले टारीनै रहेका छन।
“ मङ्लबजार इमाडोल……. मङ्लबजार इमाडोल…….” यो आवाजले मेरो सोचालाई रोकेर आफुतिर खिच्छ । किनभने मलाई पुग्नु थियो ईमाडोल । त्यही गाडि चड्छु । साईडमा बालकुमारी लेखेको ट्याम्पु हुन्छ । त्यो देख्दा लाग्छ ‘ जति पैसा पाढाइको नाममा सढेर सके बरु त्यसो एउटा ट्याम्पु किनेर चलाएको भए केहि त हुन्छथ्यो जिवनमा । गाडि हिड्छ । साइडमा एउटि राम्री केटी परेकी रहिछ सिटमा । तल देखि माथि संम हेर्छु । आखिर केटा न परे । मिलेको शरिर । गुलाबि ओठ । निलो स्वीटर र कालो पाइन्ट ।
गाडि आफ्नै गतिमा हिडिरहेको हुन्छ । हिन्दि फिलिमको मोहित चोहानले गाएको “तुम हो पास मेरे…..” भन्ने गित बजिरहेको हुन्छ । म त्यो केटीलाई हेर्छु लाग्यो गिन मेरै लागि बजिरहेको छ । मङ्गल बजार पुगेर गाडि रोकिन्छ । त्यो सुन्दर केटी त्यही जर्छे । र मेरो साइडमा एक जना मोटो केटा मान्छे बस्छ । कता कता दिक्क लाग्छ । त्यसपोछी पाटनको सुनधारा हुदै गाडि ग्वार्को पुग्छ । त्यहाँ एकछिन जाम हुन्छ । अनि फेरी गाडिले आफ्नो गति लिन्छ ।र इमाडोल पुग्छ ।
“इमाडोल पुगेर बसबाट ओर्लिन्छु । अनि त्यो उचाइबाट बेलुकीको कोठमांडौ देखिन्छ । टाढा टाढा संम पिल पिल बत्ति बोलिरहेको काठमांडौ । सायद दिनभरको थकाइ मारेर आराम गर्न लागेको काठमांडौ । यो अचम्मको सहरमा कतिको सपना पनि यसरी नै आराम गर्दै होलान । कति सपना ताजा बनेर पलाईरहेका होलान । कति सपना यहि बेलुकीको रात्रीबसमा हार खाएर जादै होलान् । कति सपना यति बेला पनि सधै को लगि अलबिदा भनेर आर्यघाटमा जल्दै होलान् ।
यस्तै सपनाको थूप्रो बोकेर म पनि कुनै दिन यहि सहर पसेको थिए । खै ! तर आज एउटा हार मानेको बिधार्थी बनेर बसेको छु !! हुन त यहा होलान् म जस्तै हजारौ अतृप्त सपनाहरु जो यतिखेर भट्टिमा रक्शी संग आफ्नो दुःख पोख्दै होलान । नशालाई आफ्निो सहारा बनाउदै होलान् । र कति सपना हार मानेर आत्म हत्या समेत गर्ने तयारीमा होलान ।
अनि आजको दिनलाई कथा र म त्यसको पत्र बनाएर सोच्छु । “ लाग्छ यो कथा हो जित्ने को । यो कथा हो हार्ने हो । यो कथा हो सफलताको । यो कथा हो असफलताको । समग्रमा यो कथा हो हार्ने , जित्ने , सफल आसफल , सबैलाई स्वीकार्ने सहर काठमांडौ को । हो यो कथा हो काठमांडौको ।
लुखूर लुखूर हिड्छु । बल्ल भोक संगै शरिर कमजोर भएको बोद हुन्छ । याद आउछ दिउस देखि खान्छु भनेर साचेको बफ मोः मोः को। हुन त ठिकै भो आफैले भनेझै सिनो भरेको मोः मोः नखाएको । पसलमा जान्छु चाउचाउ किन्छु । फेरी बुवाको याद आउछ । तर खै भवुन हुन्न । कोठामा जान्छु चाउचाउ पकाएर चिउरा संग खान्छु । ठुलै उर्जा मिलेको जस्तो हुन्छ । माथिबाट ठुलो प्लेन उडेको आवाज आउछ । सोच्छु लौ फेरी कति सपना बिदेशतिर उडेर गए । फेरी एउटा चुरोट सल्काउछु । डाएरी निकाल्छु । र लेख्न बस्छु । त्यहि कथा जुन नियमित छ। हो लेख्न बस्छु “ कथा काठमानडुको” ।
(स्रोत : Kathasahitya )