सुनचादी त तिम्रा लागी सक्दिन म किन्न
तर मुटु मागेउ भने भन्दिन म दिन्न ।
धेरै होलान तिमीलाइ माया गर्छु भन्ने
यदि तिम्लाई पाइन भने म त मर्छु भन्ने
तर तिम्ले सक्नु पर्छ मनको मान्छे चिन्न
तिम्ले मुटु मागेउ भने भन्दिन म दिन्न ।
यो संसारमा दुइ थरि छन मान्छे घाती जाती
तिम्ले आफ़ै रोज्नु पर्छ मन मिल्ने साथी
यो संसारमा पैसाले खोज्छन माया किन्न
तर तिम्ले सक्नु पर्छ चोखो माया चिन्न ।
दुबई
(स्रोत : साहित्य संग्रहालय )