साथ दिएँ चोट लाग्दा तब साथी भएँ
छोडी दिएँ छुरा रोप्दा अनि पापी भएँ
नयनमा भ्रम रैछ सागर सुक्यो प्रितको
उसको गल्ति मेरो दोषभै उसलाई घाती भएँ
*******************************
कोमल् थियो पथ्थर संग जोडीएछ जिन्दगानी
प्रश्न बिहिन् उत्तर संग मोडिएछ जिन्दगानी
सुवास पो बन्छु भन्थें हाँगा सुक्नु भन्दा पैले
कैद बनि अत्तर संग छोडिएछ जिन्दगानी
(स्रोत : Naresh Rokaha’s Blog )