चुल्बुल चुल्बुल मन हुन्छ तिमिलाइ भेटेपछि
पुरै जगत् प्यारो लाग्छ तिमिलाइ भेटेपछि
रात पनि दिन हुन्छ दुःख उल्टै सुख बन्छ
मन त्यसै झन्कृत हुन्छ तिमिलाइ भेटेपछि
वगरमा गुलाव फुल्छ शुन्यतामा संसार भुल्छ
उमङ्गले मन नाँच्छ तिमिलाइ भेटेपछि
शिशिरमा फूल हाँस्छ विना बादल बर्षा
हुन्छ मरूभूमी वाग बन्छ तिमिलाइ भेटेपछि
विष पनि अमृत हुन्छ ज्वालामुखी शान्त हुन्छ
प्रकृतिनै रमाउँछ तिमिलाइ भेटेपछि
प्रशान्त खरेल
२०६६ फाल्गुण २९
(स्रोत : Prashant’s Blog )