~इन्दिरा क्षेत्री~
तिम्रो मेरो प्रेम कथा,लेख्नु थियो प्रिय।
पुराना ती ईतिहास,मेट्नु थियो प्रिय ।।
मेरो दु:ख र सु:खमा,साथ दिन्छौ भने।
तिम्रो मायाँको संघार,टेक्नु थियो प्रिय ।।
संसार भुली मायाँमा,तिम्रै सामु बसी।
मेरै तस्विर ऑखामा,देख्नु थियो प्रिय ।।
अनायासै कैले काहीं,ऑशु झर्यो भने।
तिम्ले मेरो मैले तिम्रो,छेक्नु थियो प्रिय ।।
हाम्रो चोखो प्रेमलाई,वाधा जस्ले पार्छ।
सत्य उस्लाई आगोमा,सेक्नु थियो प्रिय ।।
इन्दिरा क्षेत्री
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )