~सत्य नारायण रावत~
मान्छेहरु को भिड बाट एक्लिएको मान्छे !
दैब ले भाग्य लेख्दा ठगिए को मान्छे !!
हेमन्त को फुलहरुले सजिएको मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!!
आगो को ताप संग चिसाएको मान्छे !
बरफ को डल्लो संग तातिएको मान्छे !!
बतासको बेग संग आडिएको मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!!
सुर्यको सितलता मनपराउने मान्छे !
चन्द्रमाको ताप संग डराउने मान्छे !!
आफन्तको बिच बाट हराउने मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!!
माया भन्दा घृणा मन पराउने मान्छे !
रंग बिना सधै भरि रंगी रहने मान्छे !!
सानो तिनो कुरा म नि जंगी रहने मान्छे !!
म त अर्कै दुनिया को मान्छे !!!
कंक्रिटको सहरमा रमाउने मान्छे !
आर्कैको बोलि सुनी डराउने मान्छे !!
दया,माया भन्ने चिज नपलाउने मान्छे !!
म त अर्कै दुनिया को मान्छे !!!
साथी संगी कसैलाई नि नारिझाउने मान्छे !
आँखा भित्र नहाल्दा नि बिझाउने मान्छे !!
मिठो बोल्दा बोल्दै पनि तिरस्कृत मान्छे !!
म त अर्कै दुनिया को मान्छे !!!
बर्सात को पानि संग ओभाउने मान्छे !
खाना नखाई बास्ना संग अघाउने मान्छे !!
एकान्त मा एक्लै एक्लै रमाउने मान्छे !!
म त अर्कै दुनिया को मान्छे !!!
सुर्य को प्रकाशमा अन्धो हुने मान्छे !
हर्स को क्षणमा पनि म त रुने मान्छे !!
काली रात को उज्यालोमा आँखा देख्ने मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!!
सिधा कुरा नबुझ्ने अबुझ छु मान्छे !
अलिखित सब्दहरु देख्न सक्ने मान्छे !!
अदृश्य चित्र हरु लेख्न सक्ने मान्छे !!
म त अर्कै दुनिया को मान्छे !!!
प्राणवायु बिना पनि साश फेर्ने मान्छे !
कल्पना का चित्र हरु आकाशमा कोर्ने मान्छे !!
नाम पनि लेख्न नआई पाना भरि कोर्ने मान्छे !
म त अर्कै दुनिया को मान्छे !!!
कपडा को खोल भित्र नांगिएको मान्छे !
सिधा हुँदा हुँदै पनि बांगीएको मान्छे !!
बितृष्णा को मुहान भित्र झाँगिएको मान्छे !!!
म त अर्कै दुनिया को मान्छे !!!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )