शोलुखुम्बु भन्दा केही पर चिटिक्क परेको एउटा गाउँमा निमाको घर थियो । घर सगरमाथा जाने बाटैमा पथ्र्यो । त्यसैले निमाका बाबु मिङ्माले होटेल थाप्नु भएको थियो । होटेलमा आमा डोलन र दिदी पासाङ बाबालाई सघाउँथे । सानो भए पनि निमा विहानबेलुका र विदाको दिन भेडा चराएर आमाबालाई सघाउने गथ्र्यो । दिउँसो ऊ दिदीसँगै नजिकैको पाठशालामा पढ्नजान्थ्यो । संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथा चढ्ने र पैदल घुम्न आउनेहरू त्यही बाटो आउजाउ गर्थे । त्यसैले उसको होटेलमा थरिथरीका देशीविदेशी मान्छे बास बस्न आउनेगर्थे ।
ती मानिसहरू विभिन्न कुरा गर्थे । एकपटक उनीहरू हिउँ मान्छे यतिको बारेमा कुरा गरिहेका थिए । निमाले पनि उनीहरूको कुरा सुन्यो । निमाले आफ्नै गाउँका ठूला मानिस पनि लाक्पा बज्यैले धेरै वर्ष अघि डरलाग्दो जङ्गली माछे भेटेको रे भन्थे । पल्लो गाउँकी ती गाउँकी लाक्पा डोमिनी शेर्पाले नाम्चे बजारको उत्तरतिरको हिमाली भेगमा यतिले आफूलाई झम्टेर झण्डै नमारेको भन्नुहुन्थ्यो रे । बज्यैले त्यो जङ्गली मान्छेको जिउ अजङको थियो रे । त्यसको कम्मरभन्दा माथि खैरो र कम्मरमुनि कालो रौंले ढाकिएको थियो रे । ती विदेशीहरूको यतिबारे कुरा सुनेपछि निमालाई कतै डोल्मा बज्यैले भेटकी त्यो डरलाग्दो जङ्गली मान्छे र यिनीहरूले कुरा गरेको यति एउटै त होइन भन्ने लागिरह्यो । केही कोही चाहीँ यति सेतै र्रोले ढाकिएको हिउँ मान्छे हुनुपर्छ भन्थे, कोशही चाहीँ त्यो हिउँचितुवा होला भन्थे । आखिर जे भए पनि त्यो कस्तो होला भन्ने कुरा उसको मनबनट हट्दैहट्दैनथ्यो । आहा, आफैंले भेट्न पाए कति मज्जा हुन्थ्यो होला– ऊ मनमनै सोच्दथ्यो ।
“ओहो, के होला यो ? मान्छेको पाइला त यति ठूलो हुँदैन !” एकदिन भेडा चराउन गाउँभन्दा पर डाँडोमा पुगेकाबेला निमाले अचम्मको पाइला देख्यो । मन्छेकोजस्तै देखिएपनि त्यो पाइला निकै ठूलो देखिन्थ्यो । आकारमा पनि मान्छेकोभन्दा केही परकजस्तो देखिन्थे । ती पाइलाको फड्को धेरै टाढाटाढा देखिन्थे ।
त्यो देखेर उसलाई ती पाइला कसको होला भन्ने जिज्ञासा भयो । निमा तिनै पाइला पच्छ्याउँदै गयो । निकै पर दुईवटा अग्ला डाँडाको खोँचमा पुगेपछि ती पाइला देखिन छाडे । हिउँ बगिरहेको खोँचबाट असाध्यै चिसो हावा आइरहेको थियो । निमाले लाएको बाक्ला लुगालाई समेत छेडेर चीसोले उसलाई भित्रैसम्म कँपाइरहेको थियो ।
अब कता खोज्ने त्यो पाइला ! ऊ रनभुल्लमा प¥यो । तर पनि कतै देखिन्छ कि ? ऊ चारैतिर हेर्न आँखा घुमाउन थाल्यो । निकैमाथि डाँडामा एउटा झ्यापुल्ले चौंरीजस्तै कुनै जनावर उभिइरहेकोजस्तो लाग्यो उसलाई । मनमनै सोच्यो– त्यतिमाथि एउटा मात्रै चौरी त नहुनु पर्ने ! बथानबाट छलिएर पो आइपुगेछ कि ? उसले केही अनुमान गर्न सकेन ।
निमाले त्यहीँ पुगेर पत्ता लाउने अठोट ग¥यो । उकालो चढ्दा जिउ तातेर जाडो समेत हरायो । निकै समय उकालो चढेपछि निमा अघि चौरीजस्तो देखेको ठाउँमा पुग्यो । त्यहाँ रुखबुट्यानहरू अन्तभन्दा अलि बाक्लै थिए । ठूलाठूला ढुङ्गगाका ककारा र तिनकै छेऊछाउ गुफाहरू पनि देखिन्थे । यसो हेर्दा लाग्थ्यो त्यहाँ आजसम्म कुनै मानिसले टेकेको छैन । नत्र मानिस हिँडेको गोरेटो त देखिनुपथ्र्यो– उसले मनमनै सोच्यो ।
अब उसलाई अलिअलि डर पनि लाग्न थाल्यो । कतै हिउँभालु रहेछ भने, तर यहाँसम्म आइपुगेपछि त्यसै फर्कनु पनि त भएन ! निमा झाडीको छेको परेर ती रुखबुट्यान र गुफा–ककाराहरूमा आँखा डुलाउन थाल्यो । चारैतिर हेरेपछि उसका आँखा केही परको एउटा ठूलै गुफमा गएर अडिए । गुफाको बाहिर छेउमा दुइवटा जनावर लडीबुडी गरेर खेलिरहेकोजस्तो लाग्यो उसलाई । झट्ट हेर्दा ती भालुजस्तै झ्वाप्प रौंले ढाकिएका देखिन्थे साना देखिए पनि तिनीहरू निमाभन्दा निकै ठूला देखिन्थे । त्यत्तिकैमा गुफाभित्रबाट डरलाग्दो आवाज आयो । गुफाभित्र ठोक्किएर गुञ्जिँदै निस्केको त्यो आवाज निकै डरलाग्दो थियो । आवाज आउनासथ लडिबुडी गरेर खेलिरहेका झैं देखिने ती दुइवटा साना जीवहरू मानिसलेजस्तै दुई खुट्टामा उभिएर गुफाभित्र पसे । झट्ट देख्दा रौले ढाकिएको भुत्लेलुगा लाएको केटाकेटीजस्तै देखिएका थिए तिनीहरू ।
अब निमालाई झनै डरलाग्न थाल्यो । ती हिउँ भालु हुनसक्थे र उसले सुनेकोजस्तै हिउँमान्छे वा यति पनि हुनसक्थे । ऊ चालचुल केही नगरी सास थामेर त्यहँी बसिरह्यो । त्यहाँबाट निस्केर हेर्ने आँटै आएन उसलाई । केही बेरमैं गुफाभित्रबाट एउटा अजङको जीव बाहिर निस्केको देख्यो । मानिसजस्तै देखिए पनि त्यसको शरीर लामालामा रौंले ढाकिएका थिए । साधारण मान्छेभन्दा धेरै अग्लो– १० फिटभन्दा कम छैन होला ! भित्रभित्रै डराएपनि निमाले यसको उँचाइको अनुमान ग¥यो । चारैतिर लामा र बाक्ला रौंले ढाकिएको भएपनि अगाडि अनुहारमा भने रौं थिएन । चौडा ठूलो अनुहारको बीचमा कुखुराको फुलजस्तै लाम्चो आकारका ठूला बल्ड्याङ्ग्रे आँखा डरलाग्दा थिए । गोलो खालको ठूलो टाउको, निकै फराकिलो चौडा छात्ती, मोटामोटा हातपाखुरा– त्यो जीव ज्यादै बलियो होलाजस्तो देखिन्थ्यो । अब भने निमा डरले थरथर काँप्न थाल्यो । त्यसले फेला पा¥यो भने ! त्यसरी आत्तिए पनि निमाले आफ्नो होस गुमाएन । त्यो डरलाग्दो जीवले देख्ला भनेर ऊ हलचल नगरी बसिरह्यो । त्यत्तिकैमा त्यो ठूलो जीव त्यहाँबाट ठूलो ठूलो फड्का मार्दै पहाडको माथितिर लाग्यो । एकै छिनमा त्यो कता हरायो, निमालाई पत्तै भएन । निमाले अनुमान ग¥यो– त्यो ठूलो बनमान्छे जस्तै जीव पक्कै पनि ती दुई साना जनावरको आमा हुनुपर्छ ।
अब के गर्ने, उसले तुरुन्तै निर्णय गर्न सकेन । एक मन गुफाभित्र गएर हेरौंजस्तो लाग्थ्यो । अर्को मन तिनले हमला गर्लान भन्ने डर पनि थियो । बच्चा नै भए पनि ती ऊभन्दा निकै ठूला र बलिया थिए, तिनले हमला गरे भने बच्न संभव थिएन । त्यसैले निमाले घर गएर यो सबै कुरा आमाबालाई सुनाउने निर्णय ग¥यो ।
(स्रोत : सुनगाभा, २०६१ साउन, वर्ष ३ अङ्क १, पूर्णङ्क १०० )