वकिल साहेब
फिराद, प्रतिउत्तर वा
मिलापत्रमध्ये
के हो त कविता ?
इन्स्पेक्टर साहेब
अभियुक्त
तहकिकात
र अभियोगमध्ये
के हो त कविता ?
म्ाास्टर साहेब
जिज्ञासा
आदेश र
अबोधपनमध्ये
वास्तवमा के हो त कविता ?
हाकिम साहेब
बडापत्र
निवेदन
कार्य सम्पादन या
मोलमोलाहिजामध्ये के हो त कविता ?
कविज्यू, तपाईं आफैँ भन्दिनूस्
कथ्य नवीनता
विन्यस्त पदावली
वा तादाम्यभावमध्ये
के हो त कविता ?
(स्रोत : नेपाल साप्ताहिक )