हाँसी हाँसी विदा माग्ने काम किन गरें हुँला
घरी घरी लाग्छ अहो म त किन मरें हुँला
जव जित्छन् जनताबाट हिजै धूलो चाटेकाले
विहानीको तारा बनी अहो किन झरें हुँला
शान्ति दूत वन्छन् जव हिट्लरका पनाती नै
वन्दुकको नाल सामु सोच्छु किन परें हुँला
कसाहीकै हाल हुकुम फेरि पनि चल्छ भने
धरतीमा अङ्ग अङ्ग मैले किन छरें हुँला
वलिदान्को चीरहरण फेरि सुरु हुन्छ भने
नफर्किने महासागर पैले किन तरें हुँला
अझै ठूलो महाभारत सुरु गर्न वाँकी रछ
हतारमा नया सहर वसाइँ किन सरें हुँला
(स्रोत : Nepalisahityaghar.com)