देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी
बुढेसकालका लागि देश यज्ञभित्र होमी
मेरी बुढी आमा गोठमै हाँसी खुशी देखिन्छिन ।
ती काँगडाका सन्तान अझै मरेका छैनन्
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन्
पाउँदिन केही पनि रगत स्तनको साटो
आउंदैन माग्न उसलाई ऊ नेपालीकी छोरी
यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान
बघिनीको दूध होइन त्यो त नेपालीको स्तन
सक्दिन म त बाँच्न निर्धा भएर एकछिन
बरु शहीद भएर वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौँ गोली त ऊ सहन्छे
माग्दिनन् सुनका अक्षर ऊ नेपालीकी छोरी
स्वर / शब्द /संगीत : गोपाल योन्जन