त्यो मनभित्र यो मन मेरो, पसेपछि जन्ती आयो
फूल हुन कोपिला त्यो, बसेपछि जन्ती आयो
अध्याय ती प्रतीक्षाका पलभरमै अन्त गर्दै
पूर्वी आकाश ताराहरु, खसेपछि जन्ती आयो
साडी चोली चौबन्दीमा सजिएर लाली छर्दा
मेरो रुप जवानीले, डसेपछि जन्ती आयो
बाठो, चतुर आफूलाई ठान्दाठान्दै पनि
सारा जीवन माया जालमा, फँसेपछि जन्ती आयो
:- बुद्धि मोक्तान
चाँगे ३ ताप्लेजुङ्
(यो गजल बुद्धि मोक्तानको भर्खरै बजारमा आएको गजल ” संग्रह फुल्न देउ मलाई” बाट साभार गरिएको हो ।)
(स्रोत : Ennnepal.com )