सधैजसो आज पनि
विहान सखारै उठेर
आफ्ना केही भावनाहरु
सुन्दर अक्षरमा सजाएर
म डायरी लेख्न खोज्छु,
तब लयो मष्तिस्क
खाली खाली भेट्छु ।
हिजो अस्ति जस्तै,
शब्दहरुको आहोरदोहोर
अह, पटक्कै छैन ,
कलममा मसी त छ नि
तर पटक्कै लेख्दैन ।
दंग पर्छु आज के भइरहेछ ?
झ्यालको पर्दा उघारेर
जब सडकमा नियाल्छु,
मान्छेहरुको भिड अहो,
केही नारा लगााउदै थिए
आजको बन्द सफल पारौ
अर्काथरी फेरी
ओइ गाडी किन चलाको रोक
त्यती नै बेला,
तोडफोड गर्छन त्यो गाडी
तर म
टुलुटुलु हेरीरहेछु
चुपचाप बिना मानवियता
एक विवश नेपाली ।
अनि बल्ल बुझे
मेरो मस्तिष्क खाली हुनु
कलममा मसी भएर पनि नलेख्नु
यो त नेपाल बन्दको प्रभाव रहेछ ।
सायद मेरा शब्दहरुपनि
बन्दकतौसंग डराएछन् क्यारे,
कतै आफ्नो अस्तित्व त नाश हेदैन ?
इज्मा पोखरेल
चितवन
(स्रोत : Dcnepal )