~उर्मिल कुमार थपलियाल~
अनुवादः कुमुद अधिकारी
मन्टो मियाँले भने – “बरखुरदार,(भलाद्मी), हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो।” त्यसबेलाको एउटा किस्सा उनले सुनाए “एकपल्ट तीनजना आतन्ककारी एउटा घरको ढोका फोरेर भित्र पसे। भित्र एकजना अधेड, उनकी श्रीमति र बूढो बाबु थिए। आतन्ककारीहरूले तीनै जनालाई बन्दुक ताके। तीनैजना अलिकति पनि डराएनन्। तिनले गान्धीगिरी देखाउँदै आतन्ककारीहरूलाई गुलाफको फूल उपहार दिए।”
मैले व्यग्र भएर सोधेँ – “अनि के भयो ?”
मन्टोले भने – आतन्ककारीहरूले तीनैजनालाई गोली हाने र लासहरूमा गुलाफको फूल राखेर हिँडे।
– –
हिन्दीबाट अनुवादः कुमुद अधिकारी
(स्रोत : Sahityasarita)