तिमि वादल तिमि पानि परिदेउन है फुर्सदमा
तिमि फूल तिमि सुवास् छरिदेउन है फुर्सदमा
सजिएकि जून बनि गगनमा आहा तिमि
धर्तिमा छु तिम्रो प्रेमि झरिदेउन है फुर्सदमा
सौन्दर्य र रूप तिम्रो प्रकृतिनै लजाउने
खालि छु म तिमि बिना भरिदेउन है फुर्सदमा
चञ्चल तिमि शिशु जस्तै टाढै बसि मुस्कुराउने
छेउमै बस्दा ढुक्क हुन्छ सरिदेउन है फुर्सदमा
एकोहोरो हेर्न हुन्थ्यो थाक्न सक्छन् नयनहरू
एउटा धोको मन्को पुरा गरिदेउन है फुर्सदमा
प्रशान्त खरेल
२०६६ चैत्र १८
(स्रोत : Prashant’s Blog )