मरुभुमिमा श्रमको खेती गर्न रुचाउने
सिमलचौरका आदिबासी हामी
बेद-बेदान्त घोकेर पाखुरी बजार्न रुचाउने
अनुपम प्रकृतिका सन्तान हामी
जीवनलाई जान्न र बुझ्न हिचकिचाउँदै
कागजी खोष्टामा रमाउन उद्दत हामी
सम्पन्नताले भौतिक सुख देला वा नदेला
तर पनि कहिल्यै आनन्दित हुन नसकेका हामी
हामी र हाम्रा ईच्छा आकांक्षा असिमित छन्
असिमितता भित्र पनि साँघुरिदै साँघुरिदै
कहिले समदर्शिका अन्तरिप डिलमा
कहिले राम प्रशादका सामुन्द्रिक छालहरुमा
कहिले हेमन्तका रेगिस्तानमा
विचरण गर्दाछौं सम्पूर्ण भूगोलमा
फेरी पनि जूनफुल टिप्न नसकेका मनफुलहरु
कयौ पटक मर्छन र ब्युँतन्छन निमेषमा
ज्ञानचक्षुलाई अदृश्यताको साँघुरो घेरामा कैद गरेर
आखिर कहिलेसम्म सांसरिक मोहमा फसिरहने
ए उठ, जाग! नयाँ संसार निर्माणार्थ हेतु
फेरी एउटा सम्झौता गरौं आँफैसँग
सगोल स्वार्थलाई मूल ध्येय बनाउँदै
तुफानरुपी कालचक्रलाई अधिनस्थ गर्दै
आफ्नै माटोमा जूनफुलको खेती गरौं
र
अन्यत्रबाट मनफुलहरुको शयर गराऔं।
स्वर्गरुपले परीधान यो माटो, यो कित्ता
समुन्नत र सुन्दर उपमाले सजाऔं।
उसो भए हाम्रा विविध सम्यकताका बिच
यही माटोमा पनि जूनफुलहरु फुल्नेछन।
(स्रोत : Shabdahar )