निरबिछिन्न बलिरहेका प्रज्वल्ल
दिपहरुले धिपधिपाउदै आज मलाई
केही भन्न खोज्दै छ,
कहीले हावा सँगको लोहरी
कहीले तेल सँगको मितेरी
हो,
साँच्चै आज सम्म मैले
येसै गरि नियाली रहेकी छु,
कतै दिपका उज्याला प्रकाशहरुमा
कतै दिपका निरालम्ब अवस्थाहरुमा
हुनसक्छ,
सद्रिश अनुरक्त भावनाले
प्रत्येक उशा किरणहरुलाई गिज्याइदिये झै,
सन्ध्याकालिन निसोच संगै हराउन पुग्छु,
फेरि,
मनमा बिहानीको आशा
बोकी कतै सन्तुस्ट हुन सक्दिन
अनि,
मलाई लाग्छ वास्तविक जीवन नियाल्दै छू म,
येथार्थ लाई च्यातेर काल्पनिक परिकल्पना भित्र
कतै,
हराइरहेकी त छैन?
हुन सक्छ यस्तै यस्तै प्रश्नहरुको
विच म रहमित उत्कृष्ट इच्छा
लियेर एकटक दिपकलिका
प्रकाशमा कोमल स्पर्श।।।।।
फेरि,
एक पटक त्यही प्रतिबिम्बित
सस्मितहरुले सिन्जा शब्दलहरीको
अनुराग झरेझै,
प्रत्येक दिपका प्रकाशहरुको अनन्य साथ
लाग्थ्यो,
अनुबलको झै सुरक्षित
साथ पाइरहेको
भान भैरहेको थियो
यो एक्लो रातमा।।।।।।।।।।।।।।।।।
दिनाङ्क २०६६ असार २२ गते
(मेरो डाएरी बाट साभार्)
Sushma
(स्रोत : Sushma’s Blog – Anuprass )