~पुष्पा खनाल~
बोली मीठो मायालुको, मनमा भरियो
लाली जोवन मायालुको, तनमा छरियो
के भो के भो लौ न, माया जालमा परियो
उर्लिआउने खहरेको, हुन्न केही भर
माया लाउन किन किन, लाग्छ मलाई डर
तर पनि तिमीलाई, भुल्न नसक्दा
मनका कुरा मुखमा ल्याई, खोल्न परिगो
के भो के भो लौ न, माया जालमा परियो
कोइलीले गीत गाउँदै, रन बन चा’र्यो
त्रि्रो झुटो पिरतीले, लौ न मलाई मा’र्यो
मनमा पीर लुकाएर, हाँस्न नसक्दा
पीडा पोखी आँखाभरि, रून परिगो
के भो के भो लौ न, माया जालमा परियो
बोली मीठो मायालुको, मनमा भरियो
लाली जोवन मायालुको, तनमा छरियो
के भो के भो लौ न, माया जालमा परियो !
सङ्गीतः गोविन्दमधुर आचार्य,
स्वरः बिपना धिताल
फागुन २०५७, बुद्धनगर, काठमाडौं