बन्दै छ ढोका खै कसरी पस्यो सुस्तरी
सुकोमल यो हृदयमा बस्यो सुस्तरी ।
छेवैबाट टुलटुलु चिहाउदै थे म
नशालु नयनतालमा खस्यो सुस्तरी ।
देख्दा देख्दै काडेतार थाम्दा थाम्दै मन
प्रेमिल यो दलदलमा फस्यो सुस्तरी ।
दुनियाका तिखा आखा देख्दैथे तैपनि
आ६ गरी आलिंगनमा कस्यो सुस्तरी ।
व्युंझेर खोजे यत्रतत्र शून्य भो साथ
स्वप्निल उस्कै कल्पनाले डस्यो सुस्तरी ।
स्वप्निल नीरव
दर्छा -८ पाल्पा
(स्रोत : Pallawa.com.np)