जब तिम्रो मन्दिरमा हजार जाप भो ।
लाग्थ्यो मेरा गल्तीहरू सबै माफ भो ।
भगवानलाई खुसी पार्न टिपें फूलहरू
जानीजानी मबाट यो फेरि पाप भो ।
फूलले सधैँ पत्थरलाई किन प्रेम गर्छ ?
मेरो प्रश्नसँगै भगवान चुपचाप भो ।
रुन्थ्यौ मेरो अँगालोमा हाँस्छ्यौ कसैको
सायद मेरो कामनाले फलिफाप भो ।
मैले केही गुमाउन नै बाँकी रहेन
मृत्यु पर्खे जस्तो जीवन अभिशाप भो ।
इटहरा-7 दाम्राभिट्टा, मोरङ
हाल- अरुणाचल प्रदेश, भारत
2। नोभेम्बर 20।।, इण्डिया
(स्रोत : Nepali Ghazal )