नबुझिने त्यो पारा यादै पो गरिनछु
चिम्लेछु आँखा सारा यादै पो गरिनछु
बतिसै दन्त हेर्दै रमाउदै म थिए
पेट भित्र रैछ दारा यादै पो गरिनछु
समाज सेबक बन्ने झुटो भाशन सारा
भुलेछ आफ्नै नारा यादै पो गरिनछु
फेदै बिनाको टुप्पो पुगेर धेरै माथी
बनिसकेछ तारा यादै पो गरिनछु
अधेरी रात बिते बत्तिको प्रतिक्ष्यामा
पानी बिनाको धारा यादै पो गरिनछु
अधेरी रात बिते बत्तिको प्रतिक्ष्यामा
पानी बिनाको धारा यादै पो गरिनछु
(स्रोत : Shabdahar )