*एक मुठ्ठी भोजन*
जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥
आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥
कालो सफना हेर्नेको छत नै किन भाचिएन॥
भाचिएछ गरीबको यो मन॥
फैलाउ जति हार-गुहारे पनि॥
हुने हो कि होईन बुद्दको अर्को जनम॥
ऐतिहासिक धरोहर त लगे लगे॥
छोडे किन पापी भवन॥
कट्टर,आटी-सहासीले बिरता देखाए॥
उद्दार गरी नेपाली आत्मन॥
राहतमा पनि दलाली छोडेन॥
आफ्नो पार्टीको मान्छेलाई दिने-
गरीब जनता माथी नै झनै दमन॥
पहाड देखी उर्वर मधेश पनि हलिए।
तर हलिएन हाम्रो एकता झन॥
जता-ततै गुन्जी रहेछ मानिसको रोदन॥
आशमा कछ-मछि एछ एक मुठ्ठी भोजन॥
गजेन्द्र गजुर
हनुमाननगर
सप्तरी
(स्रोत : संग्रहालयकै एक गजलको टिप्पणीमा प्रेषित गरिएको । )
कबिता* एउटी चेलीको आत्म बेथा*
सोचेको थिए आराम र विलासी,
यहाँ कोठामा बसेछु, चढन पाए हुन्थो फासी,
घृणा र देह व्यापार,
म माथी नै सबै अत्याचार,
जर्बजस्ती गर्छ छन मै माथी,
बाध्य छु काट्न दिन र राति,
आफ्नै गाउको सोझो दाई,
यहा बेची गर्यो गर्न नहुने अन्याय,
बचेन्न आफ्नो कोहि विश्वासी,
म त लोभमा परे,
अरुको बहकाऊमा परे,
यस्ता कुरामा नलाख्नु तपाइ चाहे ज्यानै गए,
बाच्नु पर्दैन बशेर कसैको आशी,
कराउदै छु म ए दिदी ए बहिनी,
आफ्नै मेहनतल गरी खानु,
चाहे साउ कै बन्न रीनी,
नहेर्ने बिग्राल सपना,
नत्र कोही बाकी रहदैन्न
आफ्ना,
कवि@
गजेन्द्र गजुर
हनुमान नगर,सप्तरी