~जितेन्द्र तुलाधर~
संसार जस्ताे सुकै हाेस्
मलाई मतलब छैन
म यस्तै छु
म जे छु
जस्ताे छु,
त्यहीँ मेराे संसार हाे
म अाफ्नै संसारमा रमाएकाे छु ।
हाँसेकाे छु, नाँचेकाे छु ।
कहिलेकाही खान नपाएर
खाली पेटसँग लडेको छु ।
कयाैं रात सुत्न नसकेर
उपियाहरूसँग कुस्ती खेलेकाे छु ।
मेराे कुरा सुन्ने काेही नपाएर
एक्लै एक्लै बर बराएकाे छु ।
तिमी खानका लागि बाँच्छाै ।
म बाँच्नका लागि खान्छु ।
संसार मलाई पागल भन्छ
म संसारलाई पागल देख्दछु ।
तिमी कपडा लगाएरै नांगिन्छाै
म नांगिनबाट बच्न कपडा बेर्छु ।
तिमी अरूकाे दुःखमा हाँस्छाै
र सुखमा उदास हुन्छाै ।
मेराे सुख र दुःख मापन गर्ने यन्त्र
तिम्रोभन्दा पृथक छ ।
हाे, संसार मलाई पागल भन्छ
तर म संसारलाई पागल देख्दछु ।
र त तिम्रो संसार अर्कै छ,
र मेराे अर्कै छ
तिम्रो जीवन अर्कै
र मेराे अर्कै ।
जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर