~महादेब भण्डारी~
१
अनायासै कसैको दिलमा, बाँस नगर !!
सुटुक्कै मन चोर्ने कसैको, साहस नगर !
मन सबैको एउटै हुन्छ, बुझ्न् पर्छ तिमिले
मनले मनलाइ धोका दिने, प्रयास नगर !!
२
मन मुटुको तिमिलाइ म, प्यार दिन सक्छु
मायाको तिमिलाइ म, संसार दिन सक्छु
अजै पनि मायाको प्रमाण खोज्छौ भने..
मुटु चुडि तिमिलाइ उपहार दिन सक्छु
३
आज एक्लै मलाइ पारेर गयौं
मेरो चोखो माया मारेर गयौं
म गरिब छु भन्ने थाहा पाएपछी..
उस्कै माया तिमिले स्वीकारेर गयौं
४
फुलको बोटमा पनि काडा हुदोरहेछ
माया गर्दा गर्दै मान्छे टाडा हुदोरहेछ
मलाइ एक्लै छोडी तिमिले डाडै काटे पनि..
टाडा हुदा झन माया गाडा हुदोरहेछ
(स्रोत : संगम साहित्य चौतारी)