१,
ज्ञानका ठेली छोडेर गयौ नेपाली माझमा
सम्झना तिम्रो आउँदा दियो बाल्दैछु साँझमा
चम्कियौ तिमी जनको मनमा दियालो बनेर
चाढाइ फूल श्रद्धाले भक्ती गर्दैछु आज म ।
२,
धनको लोभ थिएन कत्ती दुखी लाई हेर्दथ्यौ
मनको भाव शब्दमा गाँसी सजिलै केर्दथ्यौ
छामेर हेर्यौ पीडाको भाव दीन र दुखिको
अरुको खुशी हेरेर आफ्नो चाहना फेर्दथ्यौ ।
३,
जपी रहुन युगौं युग तिम्रै नाम नेपालीले
प्रसंशा त्यो गर्दै जाउन तिम्रै काम नेपालीले
साहित्यको दीप बलोस देश अनी परदेशमा
प्रार्थना छ लिउन सबै तिम्रै ठाम नेपालीले ।
*
गोविन्द भाबुक
रचना ; १७ कार्तिक २०६८
महाकवि लक्ष्मी प्रशाद देवकोटाको सम्झनामा ।
(स्रोत : Shabdahar )