~सारुजी केसब~
फूलहरु फूलेनन् भने
म सोच्छु,
रोकिन्छ होला जिन्दगी,
सुवास छर्न जिन्दगीमा,
मधुर मुस्कान प्रत्येक दिनमा,
एक पल्ट फूल हाँसी दिएनन्भने,
म सोच्छु,
नाँङ्गा आँखाहरू के हेर्छन्,
उजाड मरुभूमिमा,
भतभती पोल्ने भट्टीमा,
जीवन को बताउँछन्,
सरल र सरस जीवन बुझाउने
फूलहरु फूलेनन् भने
सम्झदाँ जवानीका रङहरुमा
रङ भर्ने को हुन्थ्यो,
सुन्दरतालो अर्थ मानिस,
के मा खोज्थ्यो?
जीवन जगतको दर्शन बताउने
के मा सोच्थ्यो,
अनि त म सोच्छु,
म के बारेमा सोच्थेँ,
फूलहरु भएनन् भने,
फूलहरु फूलेनन् भने…
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )