छान्दा छान्दै सत्य हो
यो मन कत्तै गएन
उमेर छ भन्दा भन्दै
बैँस ढल्केको पत्तै भएन
हरियाली तिर जादा
बनपाखाले मुढो भन्छन्
कन्याकेटी हेर्न जादा
सबैजनाले बूढो भन्छन्
रङ्गीचङ्गी फूलहरू माझ
एउटा फूल ओइले जस्तो
ऐना हेर्छु यसो छाम्छु
तालु पनि खुइले जस्तो
केश पाक्यो बुद्धि आयो
इच्छा भयो घरबार पनि
दल्दादल्दै चम्काउदा नि
चाउरी पर्यो अनुहार पनि
अस्ताउदै जादैछ घाम पनि
संग संगै डुबिरहेछ यौवन
समय बितेछ ढिलो भएछ
एक्लै हुने भो यो जीवन
(२०७२ आषाढ ५, शनिवार)
राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस