~मदन दुलाल~
बार्है मास
जि.एन.एच को धाक दिएर
कति ढाँट्न सकेको दुनियाँ?
बिर्स्यौ कि के हो?
चा वा सुम को ढोल पिटेर
दिक्षिण रक्ताम्मे पारेको
अत्यचार र दमन पनि छ है
तिम्रो ईतिहासमा र
शरणार्थीको पगरि पनि त गुथेको छौ ।
हेल्लो भुटान
ढाँट,छल,दमन,शोषण आदी ईत्यादी
बुद्धत्वको परिधीमा नअटाएको कुरो
तर
तिम्रो त नित्यकर्म
कतिन्जेल
ढाँट्छौ दुनियाँ ?
तिम्रो बुद्धत्तवले थाम्छ के?
प्यारो भूटान
बेली-चमेली परको कुरो
बनफुलको पनि योग्य छैनौ
अन्याय र अत्यचार तिम्रो पर्याय
त्यसैले
भयो छोड
ॐ मणि पद्मेको रटान।।
-मदन दुलाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )