~अनन्त लम्साल~
बर्षा शिसीर साथै, खुल्दो बसन्त तिम्रै ।
संसार आज तिम्रो, चर्चा दिगन्त तिम्रै ॥
बिर्सेर मार्ग ज्ञानी, प्यासी एकै नजर् को ,
झूकेर पाउ पुज्छन्, योगी महन्त तिम्रै ।
यो मोह लौन कस्तो !,बन्दैछु दास आफैँ,
प्रेमी तमाम राजा, ठालू, मगन्त तिम्रै ॥
बिर्सौँ भनेर भागेँ, ब्यथा अझै छ उस्तै ,
धड्कन्छ ढुक्ढुकीमा, किस्सा अनन्त तिम्रै ॥
(स्रोत : Shabdahar )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.