तिमी पाना भरी मेरै बारेमा लेख्छौ
दिन भरी मलाई नै सम्झीरहन्छौ
कति राती झस्केर तिमि उठ्छौ
विध्वंसकारी, विनाशकारी
महाविपद् नाम दिइयो
ज्यानमारा, सुखमारा
प्रलयकारी भनि चिनीयो
गाउँ–शहर ध्वस्त बनाई
छर–छिमेकीको परिवारै खाई
घर–घरमा टेको ठड्याइ
चर्केको, ढलेको घर छोडी
तिम्रो डायरीबाट टाढा हुँदै छु
नयाँ सुरक्षित समुदायको
कोपिला फुलाएर
जनमानसको हृदयमा
भुईचालो चेतना जगाएर
तिम्रो डायरीबाट टाढा हुँदै छु
अब भूकम्प, परकम्प भई होइन
शिक्षक भएर
म चुपचाप
तिम्रो डायरीबाट टाढा हुँदै छु
(स्रोत : Unn.com.np )