जीवन-जगतको तमसुक लेख्दैछु, भूलचूक लिनेदिने
कुरूप सौन्दर्यको अन्तररुप लेख्दैछु, भूलचूक लिनेदिने
दुरुह-मार्गी यात्रा भीरबाट थालेर,समथल गन्तव्यमा
अमूर्त बोधताले दु:खसुख लेख्दैछु भूलचूक लिनेदिने
बनेर जुनकिरी अँधेरीमा उड्दोछ,स्वखोजमा जिन्दगानी
स्वस्वर्ग गुमाउनेको अन्धकूप लेख्दैछु भूलचूक लिनेदिने
खगेन्द्र पन्धाकले सत्वबोध भेटेछ, भोगाईको योगफल
मिराज लखेट्नेको दौडधूप लेख्दैछु भूलचूक लिनेदिने
(स्रोत : Shabdahar )