निबन्ध : अलमलको छाहारीमा हाम्रो सम्बन्ध

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

प्रेम भएको हो ÷होईन ? त्यो पनि थाहा छैन ।उनको र मेरो सम्बन्ध अलमलको बिचवाट बगिरहेछ ,बगिरहेछ । प्रत्येक साझ विहान भेट हुन्छ ,हरेक बिषयहरु,हरेक सन्दर्भहरु ,हरेक भोगाईहरु सहजै साटासाट हन्छन् ।सँगै वस्न ,छुन ,एउटै खान केहिले छेकेको छैन् ।चल्छौ ,खेल्छौ,रम्छौ हास्छौ तर पनि हाम्रो सम्बन्ध अलमलमा हिडिरहेको छ ।उ सथि हो कि प्रेमीका ? साथीमात्र हो भन्न पनि नसकिने ,प्रेमिकानै हो भन्न पनि नसकीने दोधारे पत्तिमा सुसाईरहेत हाम्रो सम्बन्ध ।केहि दिन नभेट्दा के नभएजस्तो,केहि दिन नभेट्दा बादल छाएजस्तो ,केहि दिन फोनमा नसाटिदा केहि हराएजस्तो ।सादय उनलाई पनि यस्तै हुदो हो ।प्राबिधिक दुँनियामा प्राविधिक भएर बाँचेका छौ ।हो,समान उमेरका उस्तै उस्तै प्रगतिको सपना देखेका हामि एक हदले साथी हौ,एक हदले सहयात्र िहौ ।साथि हुनुको हिसाबले ,नजिकको साथि हुनुको हिसाबले साथीत्वको धरातलमा टेकेर निहाल्दा साथीनै ठान्नीने पो हो की ? यस्तै अलमलले अति राज गरिरहेछ ।

भन्नलाई केहि बाँकि छैन ।हरेक विषय खुलस्त छन हामि बिच ।प्रेम ,यौन ,सपना ,कल्पान यस्ता सबै विषयमा हामि खुलस्त छौ ।उनलाई जसरी जे भन्न मैले लजाउनु पर्दैन ।मलाई जसरी जे भन्न उनलाई गारो भएको छैन ।हामि सहजतामा भोगाईका असजिला पार गरिरहेका छौ ।आँखाको अनुवारको ,अङ्गको बयानमा ÷गुणगानमा÷टिप्पणीमा हा िसहजै बहेका छौ ।यहि सम्बन्धलाई कुन कसिमा राख्ने यहि अलमलमा हराएको छु ।वास्तवमा अलमलन रहेछ जिवन ।सहजै म आईलभ यु भन्न सक्छु ,भनेको छु ।सेम टु यु सहजै भन्छिन ।फेरी साथीत्वको नातामा यति भन्नु त्यति ठुलो हो जस्तो लाग्दैन ।बाहानमा अनेक पार्दा वाहानामा अनेक पारीदिन्छु यसलाई यहा नेर नाप्न सकिन्छ ।मेरो बारे उनलाई र उनको बारे मलाई हरेक खुट्कीलाको याद छ ।उनलाई र मलाई अपासमा बुझ्ने काम भएकैछ ।यति भईरहदा पनि जीवनका पक्षहरु त्यति सहिला हुुन्न रहेछन भन्ने कुराले बेस्मारी छोएको छ ।कल्पेजस्तो,सम्झेजस्तो,सोचेजस्तो हुन्न रहेछ ….

म सँग धेरै साथीहरु छन ।साथीत्वको पेरीफेरीमा धेरै नजिक हुने कम छन ।सरल जीवन जीएर जटिलताको अनुभुति ,भोगाई साटेको छु जस्तो लग्छ । नजिक सम्बन्ध हुनेहरु उनि वाहेक केहि मात्र छन ।जो सँग मात्र मेरो बारे ज्ञान छ ।घमण्डको तराजुमा जोखीउला केहि भएन ,मलाई त्यति धेरैले बुझे जस्तो पटक्कै लाग्दैन ।देखाईको अनुभुति यर्थात पटकै हुन सक्दैन ।एका तिर वगेपनि अर्को तिर सुसाए जस्तो लाग्छ ।यहानेर आहिपुग्दा मलाई थोरै बुझनेहरुले धेरै किसिमवाट सोचेका छन ।सडकमै खुलेयामा कुरा काट्नेहरु साथीको साईनोमा नारीएका छन ।दुँनियामा चर्चा चल्छ चल्न देउ भने जस्तै प्रतिक्रिया हिन छु ।म आफै अलमलमा भएको सम्बन्ध को सेरोफेरोमा बजारमा बगेका टिप्पणी सुन्दा बेजोडले हाँस्न मन लाग्छ ।

उनको र मेरो जीवन अलि फरक छ ।उनका वरीपरी डुलेका भमरा ,भोगाई ,बाध्यता म सँग फरक छन ।उनले जन्मदै टिभिको स्क्रिनमा सपना देखिन ,मैले कच्या र नाम्लोमा ।उकाली ओराली ,खेत वारीका डिलमा मेरो बाल्यकाल धुलोमा बसेर वित्यो उनले अहिले सम्म पनि धुलो छुनु परेको छैन । म निम्न वर्गिय किसानको छोरो भएर गाँउमा जन्मे ,उनि सम्पन्नताको आचलमा सहरमा जन्मिन ।सानैमा सँसारका रङ्गहरु बुझ्न थालिन मैले एस एल सि पास पछि मात्र बुझ्ने मौका पाउन थाले ।सायद सँपना देखाईमा फरक रहयो होला । उनले वाल्यकाल ,यौवनमा खाएका खेलेका भोगेका र मेरो भोगाईबिच ठुलो खाडल छ । यहि खाडलको एक छेउमा हामि जोडिएका जस्तो पनि लाग्छ ।किनारामा उभिएर सुभकामना दिए जस्तो पनि लाग्छ ।लाग्नेहरुको श्रृखलामा अलमलले नै राज्य गरिरहेछ ।हाम्रो सम्बन्ध साच्चै अचम्मको छ ।तर साथीत्वमा प्रेममा भावनाको सघनता हुने भएरै होला सँगै हिडिरहेछौ ।

फरक फरक संसारमा उभिएपनि हामीले एउटै बाटोमा पुगेर यात्रा गर्यौ ।घमण्ड उनीमा पनि छ मलाई पनि यसै भन्छन ।यस्तै भोगाईको बिचमा हामिसँग पक्कै केहि अन्तर छन ।अन्तरको बिचवाट यात्रि बनेर जञ्जालमा जकडिएको दुनियामा जोखीमको यात्रा भोगीरहेछौ जस्तो पनि लाग्छ ।जोखिमको बिचमै भएपनि गलत ुसोचिएन यसैमा खुसी लागेर आउछ । हो , उनलाई जन्म दिनमा उनलाई फुल र केहि पुस्तक उपहार दिन्छु ,उनले मंहगा उपहार टक्रयाउछीन । उनको लगाईमा फरक छ ,मेरो फरक ।उनलाई अनेकतामा खर्च गर्न मिल्छ मलाई छाक टार्न धौँ धौँ हुन्छ ।म दारी काट्छु ,कपालमा तेल लगाउछु ,तर उनिलाई व्यापकतामा सिगारीनु पर्ने मैले देखेको छु ।

सुन्दर ,सफल र भव्य छिन ।व्यस्था छिन रपनि समय दिईरहेकी छन ,छु । भोगाईका हरेक तहमा उनलाई महसुस गर्छु ।सहयात्राको पेरी फेरीमा धेरै उकाली ओराली आए ।धेरै साथीहरु सम्बन्धको धेरामा बाधिए ।बाँकि खाली हुलमा हामि मिसियौ ।कहिले एकान्त ,कहिले भिडभाडबिच बाट जीवका रेखाहरु पैल्याउदा भाग्य खोज्दा सहयात्राको काम गर्यौ ,गरिहेछौ । म कविता लेख्छु ,उनि गित गाँउछिन ।हाम्रो सम्बन्ध अक्षर र स्वरको पनि भईसकेको छैन ।

हालै हामि घुम्न गयौ ।धान झुलेर लहलह भएको फाटमा अचम्मको स्वादमा पारी पारी हेर्दै हामि रमयौ ,हरायौ ।कहिले उनि ढल्किन्थिन ,कहिले म ।निक्कै बेर हराईएछ ।दर्जनबढि तश्विर छन ।फेसबुकमा सेयर भने गरेको छैन ।उनले गरिन ,मैले गरिन ।खै किन ,किन छुट्नेबेला उनको गुलाबी आखा नेर ,गाला मुनी चुमिदिए ।उनि मुस्काईन र चोर औला देखाउदै पख भनिन् ।हामि फर्कियौ ।बाटोमा एक पल्ट पन िबोलचाल भएन ।साथिलाई यति गर्न मिल्दैन र ?यस्तो दोधारे सम्बन्ध विताएको पनि धेरै भयो ।उनिलाई सधैभ महासुस गरेपनी हामी बिचको सम्बन्धको यर्थात पहिल्याउन सकेको छैन ।बस यति ।

(स्रोत : Rajbanskota.wordpress.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.