तिमी आयौ जिन्दगीमा गजल लेख्न थाले
खै तिमीलाई सपनीमा अचेल देख्न थाले।।
हाँसेका ति खित्का टिपि संगित रच्ने रहर मेरो
तिम्रै नामको ”मतला” ले, केही गजल लेख्न थाले ।।
तिमी जस्तो रंग फेर्ने , किन छैन बानी मेरो।
निरमोहिको मायाजालमा , आफु अटल देख्न थालेँ।।
गजलको त्यो काफीया झैँ, सम्झनामा दोहोरिन्छ।
हर शब्दमा तिम्रो नाम किन अचेल देख्न थाले।।
के भो कुन्नि थाहा छैन, सुन्दर सार्थक जिन्दगीमा ।
‘गोविन्द’को सिधा बाटो, मात्र पजल देख्न थाले ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )