***प्रभु मलाई देउ***
ज्ञान सुखको प्रभु मलाई देउ,
सबमा प्रेम म बाँड्न सकूँ।
यो वरदान प्रभु मलाई देउ,
नित्य ध्यान म गर्न सकूँ।
डमरुवाला हे भोले बाबा,
जगतका हौ तिमि नै बडा।
देव का देव तिमि महादेव ,
प्रभु नै हौ जगतका पिता।
ज्ञान सुखको प्रभु मलाई देउ,
सबमा प्रेम म बाँड्न सकूँ।
दीनहरूका तिमि नै हौ दाता,
गर्दछ पुकार दु:खी जन सारा।
प्रभुकै पूजा आराधनामा,
पाइन्छ भने शक्ति वरदान देउ।
सबमा प्रेम म बाँड्न सकूँ,
ज्ञान सुखको प्रभु मलाई देउ।
बिक्रम श्रेष्ठ “सागर’
“भक्तिका भावहरु ” पुस्तकबाट
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )