~खलील गिब्रान~
अनु : डा. दीपक कुमार खड्का
एकदिन समुन्द्र तटमा सौन्दर्य र कुरूपताको भेट भयो । उनीहरूले भने, “नुहाऔं न है?”
त्यसपछि उनीहरू लुगा फुकालेर पानीमा पसे । केहीबेर पछि कुरूपता पानीबाट निस्किई, तटमा आई, र सोन्दर्यको लुगा लगाएर हिडी ।
त्यसको केही बेर पछि सौन्दर्य पनि पानीबाट निस्की । आफ्नो लुगा नदेखेपछि जे छ त्यसैले ढाकिनै पर्यो भनेर त्यही कुरूपताको लुगा लगाएर आफ्नो बाटो लागी ।
आजसम्म पनि मानिसहरू उनीहरूको चिनारीसंग झुक्किन्छन् ।
कोही कोही मात्र छन् जो उनीहरूलाई उनीहरूको लुगा छिचोलेर चिन्न समर्थ छन् ।
(Khalil Gibran: The Wanderer बाट ‘Garments’को भावानुवाद गरिएको ।)
(स्रोत : Shabdahar )