*** नाशवान चोला***
नाशवान यो मानव चोला,
देहको के भरोशा।
अजीब सृष्टि छ तिम्रो रचना,
रहेछ एक मुठी श्वासको आशा ।।
प्राणरुपी श्वास छ देहमा,
ढल्दछ कहिले के भरोसा ।।
श्वास रहे आश भन्दै सबले ,
गर्दछ जीवनको आशा ।।
नाशवान यो मानव चोला,
देहको के भरोशा। ……
दिन दिन भन्दै महिना बित्यो,
आशा भरोसा केवल मुठ्ठी श्वासको ।।
जानुछ सबले आखिर जग त्यागी,
अभिमान गर्दछौ किन देहको।।
नाशवान यो मानव चोला,
देहको के भरोशा। ……
बिक्रम श्रेष्ठ “सागर”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )