म एउटा युद्धमा छु
रहरले होमीएको होईन
कथाले यहाँ सम्म ल्याईदियो
हार्ने मन छैन्
जित्नेपनी खासैै चाहाना छैन्
सायद यस्तै दोधार दोधार भएर बाँच्छ जीवन
चुम्ने भनिएका फूलहरु
छाम्दै जादा तिक्ष्ण काडा भएका छन्
त्यहि भएर आशुले लिपिएका हरफहरु
पिडावोधले थिचिएका अनुच्छेदहरु
घोक्नका निम्ति मैदानमा आहिपुगेको छु
प्रियतमा ,
यादहरु उतै थुनेर राखिदिनु
युद्धमा त्यसको काम छैन्
प्यारको पोखरी बनाई दिनु
फर्किआएछु भने मिलेर झिकुला
अधुरो संगित
अधुरो माया
अधुरो वाटो
सिमलिको फेद भएर
गोरखपुरको यात्रा गर्छ
चट्याङ्ले फुटाएका पवित्र तश्विरहरु
हावाको झोक्काले च्यातेका चिठिहरु
यमलोकको लामो यात्रा पछि प्रश्न गर्दैछन्
किन बन्दछन् ओठहरु ?
किन ग्रसित छन् आँखाहरु ?
हुनत हतियार हातले चलाउने हो मुटुले होईन ।
आगनको गुलाफको के काम
मिठास युद्ध संगितको के काम
आफू नै युद्धमा होमिएपछि
छ्या जवानी
उन्मुतता भोग्ननै नपाई
आनन्दता साट्नै नपाइ
युद्धमा होमियो
भविष्यको डायरीमा समिक्षाको अक्षर लेखिएला ।
वादलु सपना भन्दा पर
चिप्ला हवाई मार्ग सँग
अजङ्गको पहाड बोकेर हिड्दै छु
व्रेक फेल भएन भने कैलाश पुग्ने छु आँस्थाको
उठाउछु एक अम्खुरी कलश
उठाउछु एक मुठि माटो
वेपता मन खोजेर ल्याइदिनु है
तिमिले नै भनेको होइन प्रियतमा
धेरै विश्वास नगर्नु घात हुन सक्छ
अव युद्धमा विश्वासको के काम
युद्ध र प्रेमत अन्धो हुन्छ भन्छन्
छातिमा चस्मा भिरेर निस्किएको मान्छे
फर्के भने सुनखरी टिपेर आउला
फर्किन भने मखमलि शिउरेर जाउला
धराप टेकेर वुनेको यात्रा
कपासको महल जस्तो सपना
जुनेली प्रकासमा वेसरी सुसाउछ
गीत भएर बग्न सकिन
प्रित भएर फुल्न सकिन
चाकाचुली चाकाचुली जीवन रेखा सजाउदै छु ।
(स्रोत : Rajbanskota.wordpress.com)