लेख : बाल-कथाहरूमा जनावर पात्रहरूको प्रयोगबारे केही कुरा

~शान्त दास मानन्धर~Shanta Das Manandhar

बालसाहित्यमा लाग्नुभएका हाम्रा धेरैजसो साथीहरूले आफ्ना बालकथाहरूमा जनावर पात्रहरूको प्रयोग गर्ने गर्नुहुन्छ । कथामा जनावर पात्रहरूको प्रयोग बौद्ध साहित्यमा जातक कथाहरूमा भएको पाइन्छ र त्यसरी नै पञ्चतन्त्रका कथाहरूमा पनि जनावर र मानिस पात्रहरूको एक साथ प्रयोग भएका छन् । नीतिकथाहरूमा जस्तै इसप नीतिकथामा पनि पशुपंक्षी पात्रहरूको प्रयोग गरिएको छ । हाम्रा भाइबहिनीहरू पशुपंक्षी पात्रहरू भएको कथा सुन्न मन पराउनुहुन्छ । कवितामा पशुपंक्षी पात्र राखेर तिनमा केटाकेटीलाई सामेल गराएको कविता हाम्रो बालसाहित्यमा पढ्न पाइन्छ । त्यस्ता बाल कविताहरू बालबालिकाहरूले पढ्न मन पराएका देखिएका छन् । साँचो कुरा के भने पशुपंक्षीहरू मानिसले जस्तै आफ्ना कुरा व्यक्त गर्न भने सक्तैनन् । तिनीहरूमा भोक र प्यास मेटाउने चाहना, ज्यानप्रति माया गर्ने र जिउने चाहना हुन्छ । तर तिनीहरूले त्यस कामका लागि आफूले जे जति जन्मदेखि सिकेका छन् त्यस बाहेक अरू थप गर्न भने सक्तैनन् । त्यसैले कथामा जनावर पात्रहरूको काम तिनीहरूको साँच्चैको शक्ति सिमित भएकोले धेरै ठाउँमा स्वाभाविक नदेखिने हुन सक्छन् । कथाका जनावर पात्रहरूका कार्यकलापहरूमा स्वाभाविकता र कथा विकासका लागि ती पात्रहरूको स्वभाव वा आचरण स्वाभाविक भएनन् भने पाठकहरूमा कथाको प्रभाव न्यून हुन पुग्छ । कथामा जीवजन्तु पात्र भएका कथाहरू फेरि विश्वप्रसिद्ध भएका पनि छन्, जस्तै “भद्दा टिउरो” । त्यसबेला त्यो कथा परिकथाका रूपमा प्रस्तुत गरिएको हुन्छ र प्रस्तुतिको त्यो कला भने सहज रूपमा विकसित हुने भने होइन । परिकथा सोझै उपदेशात्मक हुँदैनन् । परिकथामा कथा विभिन्न घटनाहरूबाट गुज्रँदै विकसित हुन्छ र अन्तमा जित्नु पर्ने वा पाठकहरूबाट माया पाउनु पर्ने पात्रले जीत हासिल गर्छ वा माया पाइछाड्छ । परिकथाका पात्रहरू जीवन्त बनाउन पात्रहरू ज्यानदार देखिनु पर्‍यो र ज्यान भर्न स्वाभाविक हुनु पर्‍यो । यसरी लेख्नु भने सजिलो कुरा हैन यसका लागि विशेष अध्ययनको खाँचो हुन्छ । अर्कोतिर, बालबालिकाहरू भने साना पुतलीहरूलाई नै ज्यानदार सम्झेर तिनसित खेलेर तिनीहरूले मान्छेले जस्तै साथ दिएको अनुभव गर्न सक्छन् । यो हामीले देखेका कुरा हुन् ।

बालकथामा पशुपंक्षीहरूको प्रयोग गर्दा कथामा चाहिने पात्रको स्वभाव प्रयोग गरिएको जनावर पात्रको वास्तविक स्वभावसित मिल्दो भए राम्रो हुन्छ । त्यसले कथालाई स्वाभाविक बनाउँछ । कथामा जनावर पात्रले गरेको काम वास्तविक जगत्का जनावरको साँचो प्रकृतिसित पाँच प्रतिशत पनि नमिले पाठकहरूमा त्यस कथाको प्रभाव शुन्य प्रायः हुन जान्छ । यसलाई हामीले नकार्न सक्तैनौँ । जस्तै एकजना साथीले फ्याउरोको कथा लेख्ता सानो खरायोलाई त्यसले यसो भन्यो भनेर लेख्नुभएको थियो,जस्तै- सानो खरायोलाई देखेर फ्याउरोको मुखमा पानी आयो तर उसले सोच्यो, “यो सानो छ, यसले मेरो भोक मेटिँदैन । त्यसैले उसले यसरी भन्यो, “‘ए फुच्चे,आज म तिमीलाई गजबको चटक देखाउँछु, हुन्छ -‘
सानो खरायोले भन्यो, “हुन्छ, देखाउनुस् ।”

“तिमी साँच्चै नै हर्ेन चाहन्छौँ भने तिमी आफ्ना बाआमालाई र अरू नातेदारहरूलाई पनि बोलाएर ल्याउनू । तिनीहरूलाई पनि बोलाएर देखाउन ल्याउनू, हुन्छ -”

त्यसपछि फ्याउरोको पञ्जाबाट कसरी फुत्किने होला भनी सोचिरहेको सानो खरायोले भन्यो, “हुन्छ, म गएर अहिल्यै बोलाएर ल्याउँछु ।” यति भनेर सानो खरायो फ्याउरोको पन्जाबाट उम्केर गयो ।

फ्याउरो धेरै बेरसम्म कुरिरहयो तर खरायो आउँदै आएन त्यसपछि फ्याउरो जिल्लियो ।”

यस कथाको फ्याउरोले जस्तै साँच्चैको फ्याउरोले हात परेको खरायोलाई च्याप्प समातेर खान्छ कि सानो खरायोका बाआमा पनि बोलाएर ल्याउनू भनेर छाड्छ – यसरी वास्तविक जगत्मा यसको जबाफ खोज्यौँ भने कथाको प्रभाव न्यून हुन जान्छ ।
नीतिकथाको अर्को प्रचलित कथा तिर्खाएको बुद्धिमान् कागको कथा हेरौँ ।

तिर्खाएको एउटा काग पानीको खोजीमा यताउति पुग्छ र उसले एउटा घडामा पानी भेट्टाउँछ । पानी त उसले देख्यो तर प्यास मेटाउन भने पाएन किनभने पानी घैँटोको झन्डै आधा मात्र भरिएको थियो । उसले घैँटो घोप्टयाउन खोज्यो तर सकेन । आखिरमा उसले उपाय सोच्यो र फेला पार्‍यो । त्यसपछि ऊ यताउति उड्दै र कंकडहरू बटुल्दै ल्याएर घैँटामा खसाल्दै गर्‍यो । आखिरमा उसले आफ्नो बुद्धिको बलले आफ्नो तिर्खा मेट्टायो । यस कथाको कागले आफ्नो तिर्खा मेटाएको यो कथा वैज्ञानिक सोचका साथ नपढ्दासम्म त राम्रो लाग्नेछ तर एक पल्ट आधा घैँटो पानीले भरिएको घैँटोभित्र जति नौ कंकडहरू खसाल्दै गए पानी साँच्चै पानी माथि आउला त – आउने छैन । यो कुरा थाहा पाएपछि भने कथाको प्रभाव शुन्य हुन्छ । कथा जेसुकै होस् राम्रो रु प्रभावपर्ूण्ा बन्नाका लागि तिनमा वैज्ञानिक आधार पनि हुनु अनिवार्य हुन्छ ।

हाम्रा साथीहरूमध्ये कसैले सुंगुरको कथा लेख्नुभएको थियो त्यसमा आमा सुंगुरले आफ्नो बच्चा सुंगुरलाई जिउभरि हिलो लागेको छ भनेर सफा गर्न खोजेको प्रसङ्ग आउँछ । जसरी भैंसी पानीमा आहाल खेल्छ त्यसरी नै सुंगुर हिलोमा लुटपुटिएर बस्न मन पराउँछन् । सुंगुर हिलोमा लुटपुटिनु फोहोर हुनु होइन यो उसका लागि आवश्यक हुन्छ । यो कुरा थाहा थाहा पाइसकेपछि त्यो कथाको प्रभाव त्यति राम्ररी नपर्न सक्छ । त्यसैले हामीले कथामा प्रयोग गर्न खोजिएका पशु पात्रहरूको प्रकृति, खाना, जीवन शैली आदिबारे पनि राम्रो र आकर्ष कथा लेख्नुभन्दा अघि अध्ययन गर्नु नितान्त आवश्यक हुन्छ । भन्न खोजेको कुरा के भने त्यसो गर्न सक्यौँ भने हाम्रा कथाहरू हाम्रा पाठकहरूले मन पराउने छन् र कथा स्वाभाबिक हुने भएकाले त्यसको प्रभाव पनि राम्रो नै हुनेछ ।

२०७० साउन ३१

(स्रोत : Shanta Das Manandhar’s Notes )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.